ट्याङकरको ठक्करबाट साईकलयात्रीको मृत्यु

दमक, ९ बैशाख । ट्याङकरको ठक्करबाट आज विहान झापाको कनकाई नगरपालिका वडा नम्बर–८ घाग्रा पुलस्थित सडकखण्डमा एक जना साईकलयात्रीको मृत्यु भएको छ । मृत्युहुनेमा जिल्ला झापा अर्जुनधारा नगरपालिका ५ बस्ने ५५ बषिय लेखनाथ सापकोटा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडतका प्रहरी नायव निरीक्षक नारायण भट्टराईका अनुसार केर्खाबाट बिर्तामोडतर्फ आउदै गरेको ना.७ प २९९७ नम्बरको ट्याङकरले आज विहान ७ वजे सोही दिशा तर्फ जादै गरेका साईकलमा सवार सापकोटालाई ठक्कर दिएको थियो । ठक्करबाट सापकोटाको घटनास्थलमानै ज्यान गएको थियो ।

मृतक सापकोटा कल्याण केन्द सुरुङ्गाका पुजारी भएको खुलेको छ ।प्रहरीले ट्याङकरसहित त्यसका चालक झापा, कमल गाउँपालिका वडा नम्बर–१ का ४६ बर्षिय भिमबहादुर कोइरालालाई नियन्त्रणमा लिई घटनाका बारे थप अनुसन्धान शुरु गरिएको प्रनानि भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.