प्रतिष्ठानद्धारा दमक -८ का ज्येष्ठ आमाहरु सम्मानित

दमक ,९ बैशाख । दमक- ८ का ८० वर्ष माथिका १० जना ज्येष्ठ आमाहरुलाई सामूहिक रुपमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक -८ को वडा समितिले माता तिर्थको अवसरमा आज शनिबार औपचारिक कार्यक्रम गरी ९२ बर्षिया महेश्वरा विश्वकर्मासहित ८० बर्ष माथिका बृद्धाहरुलाई सम्मान गरेको हो ।
प्रतिष्ठानका वडा समिति अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षता तथा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सिताराम खतिवडाको प्रमुख आतिथ्यता र दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा ज्येष्ठ आमाहरुलाई सम्मानपत्र ,दोसल्लासहित सम्मान प्रदान गर्नुका साथै फलफुल समेत वितरण गरिएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु ममता गजमेर, हरिमाया चुँडाल, ख्याम श्रेष्ठ, प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष डोयना दाहाल, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका अमृत विष्ट स्थानीय सामाजिक व्यक्तित्वहरुको आतिथ्य रहेको थियो । कार्यक्रमका वक्ताहरुले ज्येष्ठ नागरिकहरु समाजका पथप्रदर्शक र अनुभवका खानी भएको चर्चा गर्दै ज्येष्ठ नागरिकहरुलाई समाजले यथोचित सम्मान गर्नुपर्नेमा जोड दिए ।
स्थानीय एभरेष्ट बोर्डिङ स्कूलमा आयोजित कार्यक्रममा सम्मानित ज्येष्ठ बृद्धाहरुलाई आमा डेन्टलका सञ्चालक अर्जुन श्रेष्ठले फलफूल सौजन्र्य गरेको प्रतिष्ठानका सचिव तारानाथ भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.