झापा,९ बैशाख । बिर्तामोड -५ किरात चौंकस्थित क्षितिज महिला बिकास समाज सुधार केन्द्रको शौचालयमा लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका वडा न.४ बरबोटे बस्ने ५० वर्षीया जिवनकला काफ्ल रहेकी छन् ।
सोमबार राति अन्दाजी १०ः१५ बजे उनी सुधार केन्द्रको शौचालयमा लडेर बेहोस भएकी थिईन् । उनलाई सुधार केन्द्रकी संस्थापक तिलरुपा कटुवालले मनमोहन अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
उनी बिगत ३ महिनादेखि सुधारको लागि सो सुधार केन्द्रमा बस्दै आएकी थिइन् । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेकाृ जनाएका छन् ।