ताम्लिङ् लिम्बू सरोकार समाजको नयाँ नेतृत्व

झापा,९ बैशाख । थरगत संस्था ताम्लिङ् लिम्बू सरोकार समाजको नयाँ नेतृत्व चयन भएको छ । विर्तामोडमा शनिवार सम्पन्न समाजको प्रथम केन्द्रीय अधिवेशनले सुवेदार गजेन्द्र ताम्लिङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

सङघीय संसदकी उप–सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा भएको अधिबेशनको निर्वाचन कार्यक्रमबाट समाजको केन्द्रीय समिति सर्वसम्मत चयन गरिएको हो ।
बैशाख ६ र ७ गते सम्पन्न अधिवेशनले निर्वाचित समितिको उपाध्यक्षमा देउबहादुर ताम्लिङ् र मञ्जु ताम्लिङ्, महासचिवमा जीवन कुमार ताम्लिङ्, सचिवमा भिम ताम्लिङ् र मनि ताम्लिङ्, कोषाध्यक्षमा हिमाल ताम्लिङ् चुनिएका छन् ।

यसैगरि, सदस्यहरुमा हर्क ताम्लिङ्, पूर्ण कुमार ताम्लिङ्, पदम ताम्लिङ्, फिपराज ताम्लिङ्, प्रेम ताम्लिङ्, दुर्गा ताम्लिङ्, शुसिला ताम्लिङ्, सावित्रा गुरुङ ताम्लिङ् निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सोहि अवसरमा नव निर्वाचित समितिलाई गठित निर्वाचन समितिका संयोजक सेसेहाङ् फियाक लिम्बूले लिम्बू ताम्लिङ् सरोकार समाजको विधान अनुरसार पदीय जिम्मेवारीको सपथ ग्रहण गराएका छन् ।

अधिवेशन उद्घाटनमा भारत सिक्किम प्रान्तका पूर्व मन्त्री नरेन्द्र कुमार ताम्लिङ्, विर्तामोड नगर पालिकाका उप–मेयर नगेन्द्र संग्रौला, कलाकार सञ्चमान ताम्लिङ्, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव भुवन राजवंशी, किरात याक्थुङ चुम्लुङका सङघीय सदस्य अमृत योङहाङ्, किरात याक्थुङ चुम्लुङ झापा शाखा अध्यक्ष सेसेहाङ् फियाक, लिङदेन कुल वंश उत्थान संघका केन्द्रीय कोषाध्यक्ष लगायतका महानुभावहरुले अधिवेशन सफलताको शुभ–कामना मन्तव्य गरेका थिए ।
ताम्लिङ् लिम्बू सरोकार समाजका केन्द्रीय अध्यक्ष खड्ग बहादुर ताम्लिङको सभापतित्वमा सम्पन्न अधिवेशन उद्घाटनमा ताम्लिङ् परिवारका दर्जन भन्दा बढी जेष्ठ नागरिक र समाजमा योगदान पुर्याउने राजनीतिज्ञ, समाजसेवी लगायतलाई दोसल्ला ओडाएर विशेष सम्मान गरिएको थियो ।

२०७४ सालमा स्थापना भएको उक्त सरोकार समाजको अधिवेशनमा काठमाण्डौ, पान्थर, इलाम, ताप्लेजुङ्, झापा, मोरङ् र भारतका आसाम, सिक्किम र मणिपुरबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.