झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु

दमक,८ बैशाख । झापाको चन्द्रगढीस्थित जिल्लाकारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाम माङ्सेबुङ गाउँपालिका(४ का स्थायी बासिन्दा विश्वकर्मालाई घाँटीको क्यान्सरको लक्षण देखिएको थियो।
सोमबार अपराह्न उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.