
झापा ,८ बैशाख । झापामा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएपछि १५ पालिकामै आफना उम्मेदवारहरु सिफारिस गरेको छ ।
गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको छ ।
नेकपा एसका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले सबै स्थानीय तहमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गर्दै गठबन्धनबाट नेकपा एस बाहिरिएको जनाएका छन् । सिग्देलले कांग्रेसले एकतर्फी रूपमा गठबन्धन तोडेको बताए ।
झापामा कांग्रेस र माओवादीबीचमै पनि भागबण्डा मिलेको छैन । उनीहरूले नेकपा एसलाई कुनै पनि पालिकामा प्रमुख दिन मानेका छैनन् भने दुईवटा गाउँपालिकामा उपप्रमुख मात्र दिन खोजेका थिए ।
अर्जुनधारा र कमल गाउँपालिकाको उपाध्यक्ष नेकपा एसलाई दिने भनिए पनि सो पार्टीले बिर्तामोड र शिवसताक्षी नगरपालिकाको उपमेयर मागेको थियो ।।
सो पार्टीले चारवटा उपप्रमुख पनि नपाएपछि गठबन्धन छाडेको हो । झापाका १५ मध्ये १४ पालिकाको प्रमुख कांग्रेसले दाबी गरेको छ ।
जसअनुसार सिफारिस गरिएका उम्मेदवारहरुमा मेचीनगर प्रमुखमा शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ,उप प्रमुखमा बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा,बुद्धशान्ति प्रमुखमा दुर्गा आचार्य, पुष्प खतिवडा,उप प्रमुखमा प्रदीप धिमाल, अर्जुनधारा प्रमुखमा भास्कर काफ्ले, प्रत्युश राना,उप प्रमुखमा रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा,बिर्तामोड प्रमुखमा चन्द्रकला घिमिरे, चेतानन्द निरौला र उप प्रमुखमा तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला रहेका छन् ।
यस्तै, कनकाई प्रमुखमा नारायण सिंह राजबंसी,उप प्रमुखमा अम्बिका उप्रेती, भद्रपुर प्रमुखमा पुष्प पोखरेल, दुर्गा भट्टराई,उप प्रमुखमा पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल, शिबसतासी प्रमुखमा नवीन इजम ,उप प्रमुखमा यसोधा भट्टराई
र कमल प्रमुखमा हरीमाया मैनाली, खगेन्द्र बाराकोटी, उप प्रमुखमा होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारीलाई सिफारिस गरिएको सो पार्टीले जनाएको छ । यसैगरि, गौरादह प्रमुखमा खगेन्द्र दाहाल, नारायण राजबंशी ,उप प्रमुखमा लक्ष्मीदेबी चौधरी, कचनकवल प्रमुखमा खेपचरण यादब, उप प्रमुखमा मेहरमान राजवंशी, दमक प्रमुखमा इन्द्र बुढाथोकी, भरतबाबू कार्की,उप प्रमुखमा रामकुमारी तामाङ, लक्ष्मी चौधरी, बाह्दशी प्रमुखमा लक्ष्मी पकुवाल, सीताराम बस्नेत,उप प्रमुखमा सुस्मा मुर्मु ,गौरीगञ्ज प्रमुखमा हिराकाजी गिरी, हुपनारायण राजबंशी ,झापा प्रमुखमा रामबहादुर खड्का,उप प्रमुखमा इश्वरी दाहाल र हल्दिबारी प्रमुखमा टीका पौडेललाई सिफारिस गरिएको जनाईएको छ ।