‘यो सरकारले जनताको पक्षमा काम गर्न सक्दैन ’

दमक,८ बैशाख । नेकपा एमालेका केन्द्रीय सचिव योगश भट्टराईले अनुचित तवरबाट निर्माण भएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले विहिबार दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार अलोकतान्त्रिक चरित्रको भएकाले यसबाट जनअपेक्षा पूरा हुन नसक्ने बताए । सत्तारुढ गठबन्धन दलले अहिलेका मतदातालाई बधुवा मजदुर बनाउन खोजेको छ भन्दै उनले आफना प्रतिनिधि चुन्न आममतदाताहरु आफै स्वतन्त्र र सक्षम रहेको बताए ।
एमालेले मुलुक र राष्ट्रियताको पक्षमा गरेको कामका कारणनै निर्वाचनमा विजय प्राप्त गर्ने दावी गर्दे उनले भने ,–‘ सुखी नेपाली ,समृद्ध नेपाललाई सार्थकता दिन पनि एमालेलाई जनताले जनमत दिने छन् । यसमा हामी विश्वस्त छौ’
गठबन्धन सरकारले कालोधनलाई सेतो बनाउने काम गर्न राष्ट्र बैकका गर्भनरले नमानेपछि उनलाई निलम्वनको कारवाही गर्न खोजेको पूर्व पर्यटनमन्त्री समेत रहेका नेता भट्टराईले आरोप लगाए ।
आन्तरिक काममा दमक आउनुभएका उनले हिजोदेखि प्रजातन्त्र र लोकतन्त्रको हिमायती ठान्ने कांग्रेस पनि गठबन्धनको चंगुलमा फसेर आफै बदनामको भागीदार वनेको टिप्पणी गरे । देशैभरिका योजनामा सरकारले वजेट कटौती गर्ने कार्य ठीक नभएको उनको भनाई थियो ।
उनले आज शुक्रवार पार्टी स्थापना दिवसको सन्दर्भ पारेर चुनावी घोषणापत्रसंगै स्थानीय तहका लागि समेत उम्मेदवारहरु एकैसाथ सार्वजनिक गरिने समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.