
दमक,८ बैशाख । नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को संसदीय बोर्ड गठन भएको छ । पार्टी बिधान बमोजिम क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको संयोजकत्वमा आगामी स्थानीय निर्वाचनका उम्मेदवारहरुको चयनको सन्मुखमा क्षेत्रीय समितिको पदाधिकारी बैठकले १५ सदस्यीय बोर्ड गठन गरिएको हो ।
बोर्डमा प्रतिनिधि सभा सदस्य एवं पार्टीकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु, र डा. खगेन्द्र पाण्डव अधिकारी, धर्मानन्द भट्टराई र मुकुन्द उप्रेती, रोशन गौतम , रवि केसी, जिवन राई रहेका छन । त्यसैगरी निर्मला बजगाइँ, डिल्ली चापागाइँ, जितु धिमाल, राजेन्द्र बस्नेत, गोपाल खनाल, दिपक गौतम र निर्मला रिमाल पनि संसदीय बोर्डमा मनोनित भएका छन् । बोर्डले आगामी स्थानीय निर्वाचनमा वडा तहका उम्मेदवारहरुको टुंगो लगाउनेछ भने पालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुको नाम माथिल्लो तहमा सिफारिस गर्ने अधिकार रहेको क्षेत्रीय सभापति भण्डारीले जानकारी दिए ।
क्षेत्रीय प्रतिनिधिमा ७ जना मनोनित
क्षेत्रीय सभापति भण्डारीले पार्टी विधान बमोजिम ७ जनालाई क्षेत्रीय प्रतिनिधि मनोनित गरेका छन् । उनले कांग्रेसको विधान २०१७ को संशोधन ५१ को (२) ले दिएको अधिकारको सदुपयोग गर्दै ७ जना प्रतिनिधि मनोनित गरेका हुन । यसरी मनोनित हुनेहरुमा दमक ५ का नवराज ढकाल, दमक १ की शान्ता खडका, कमल ७ का खेम बाँस्कोटा, दमक ८ का हरि बिमली, दमक ३ का नारायण प्रसाद बराल , कमल ६ का नारायण भट्टराई र दमक ६ का दयासागर आचार्य रहेका छन् ।
मनोनित गरिएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली पार्टीको जिल्ला समिति झापालाई पठाउँदै सो बारे प्रदेश समिति प्रदेश नं १ र केन्द्रीय समितिलाई समेत बोधार्थ पठाइएको छ ।