
दमक ,८ बैशाख । कोभड १९ को संक्रमण फैलिन सक्ने भन्दै झापाको दमकका विद्यालयहरु एक साताका लागि वन्द गरिएका छन् । जिल्ला कोभिड क्राइसिस मेनेजमेन्ट समितिले जिल्लाको दमक, बिर्तामोड र काकडभिट्टाका विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्देशन दिएको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाको संयोजकत्वमा बसेको बैठकले ती स्थानमा बैकल्पिक माध्यमबाट पढाइ गर्न निर्देशन दिएको जनाएको छ ।
यसैवीच, दमकमा स्थानीय सरकारले बैशाख १४ सम्म बिद्यालयहरु नखोल्न निर्देशन गरिएको नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।
उनले सूचना निकालेर पछिल्लो समय नयाँ प्रकृतिको कोरोना भाईरसका कारण भारतमा दैनिक ज्यान गुमाउनेको संख्या बढदै गएको र नेपालमा समेत यसको असर देखिएकाले सरकारले बालबालिकाको स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै तत्काल बढी जनघनत्व भएका शहरहरुमा संचालित बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको उल्लेख छ । यता निजी बिद्यालयका संचालक तथा कतिपय अभिभावकहरु भने सरकारको यो निर्णय अब्यवहारिक भएको भन्दै असन्तुष्ट छ्न् ।