द एभरेष्ट शाकोसको बार्षिकोत्सव सम्पन्न, रक्तदान र सहयोग प्रदान


दमक,८ बैशाख
। दमक –६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफनो दशौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ ।
बार्षिकोत्सवका अवसरमा दमकमा रक्तदान तथा दमककै रक्तसञ्चार सेवा केन्द्रलाई रगतदानका लागि चाहिने दुई थान वेड प्रदान गरिएको संस्थाले जनाएको छ । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमकको रक्तसञ्चार सेवा केन्द्रमा भएको हो । रक्तदानमा ६ महिलासहित २८ जनाले रगतदान गरेका थिए ।
रक्तदानमा संस्थाका सचिव ज्ञानु पौडेल, सदस्य जमुना खरेल, संस्थाका व्यवस्थापक नवराज बाँस्तोला,सहव्यवस्थापक तिलक नेपालीसहित कर्मचारी,सञ्चालक,शेयर सदस्यहरुले रगतदान गरेको अध्यक्ष दिपक खरेलले वताएका छन् ।
यसैगरि संस्थाले रक्तदानमा सघाँउ पुरयाँउन उद्देश्यले रक्तसञ्चार सेवा केन्द्रलाई दुई थान वेड समेत हस्तान्तरण गरिएको उनले जनाएका छन् । संस्थाले बार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यहरु गरिआएको जनाएको छ । बार्षिकोत्सव कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद तिम्सीना, उपाध्यक्ष रोशनकुमार गौतम,सचिव ज्ञानु पौडेल सञ्चालक,शेयर सदस्य,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
शेयर पूंजी ६ करोड ८० लाख पुग्यो


दमकमा मुख्य कार्यालय रहेको एभरेष्टको हाल शेयर पूंजी करिव ६ करोड ८० लाख पुगेको छ । सहकारीका व्यवस्थापक नवराज बाँस्तोलाका अनुसार निक्षेपतर्फ करिव ५६ करोड,कर्जातर्फ रु करिव ५८ करोड ५० लाख पुगेको छ । दमकसहित संस्थाको केर्खा,सुरुङा,विर्तामोड र बुधबारेमा सेवा केन्द्र सञ्चालनमा छन् । संस्थामा हाल ७३१५ जना शेयर सदस्य आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published.