दमक ,८ बैशाख । दमक बहुमुखी क्याम्पसले आफना एक जना घाईते विद्यार्थीलाई उपचार खर्च प्रदान गरेको छ । विविएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी कृष्ण घिमिरेलाई उपचार खर्च वापत ६० हजार उपलव्ध गराएको हो ।
दमक बहुमुखी क्याम्पसलाई प्रतिनिधित्व गर्दै अन्तरकलेज स्तरीय फुटबल खेल खेल्दाँ उनको लिगामेन्ट च्यातिएको थियो । घाईतेको उपचारमा समस्या परेको भन्दैं क्याम्पसले सो सहयोग उपलव्ध गराएको हो ।दमक बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारी ,क्याम्पस प्रमुख यज्ञराज गिरी ,क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत पदम घिमिरे लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको थियो ।