सप्तकोशीमा डुबेका दुई युवा अझै बेपत्ता

दमक,८ बैशाख । सप्तकोशी नदीमा डुबेका दमक र उर्लाबारीका दुई युवा दुई दिन बिते पनि अझै भेटिएका छैनन् ।हजुरबुबाको श्राद्ध गर्न परिवारका साथ धार्मिकस्थल बराहक्षेत्र गएका एक युवकको सप्तकोशी नदीमा डुबेर हिजो मृत्यु भएको थियो भने दुईजना बेपत्ता भएका थिए ।
सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको शव फेला परेको थियो । नदीमा बेपत्ता भएकामध्ये दमक– ९ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थलनजिकै कोशीको भंगालोमा फेला परेको थियो । प्रहरीका अनुसार बेपत्ता रहेका मृतक नवीनका दाजु १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लावारी -७ का १८ वर्षीय राज गुरागाईँ अहिलेसम्म नभेटिएका हुन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको हिजोदेखि खोजी गरिरहेको भएपनि अहिलेसम्म फेला नपरेको आफन्तले जनाएका छन् ।
लक्ष्मी न्यौपानेका दुई छोराहरु नबीन, रुद्र र मावलीतर्फका राज सप्तकोशी नदीमा बिहान १०ः३० बजे परिवारसहित नुहाउने क्रममा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र बराहवाहिनी सशस्त्र प्रहरी पकलीको गोताखोर टोलीले खोजतलासका क्रममा हिजो दिउँसो २ बजे नवीनको शब फेला पारेको थियो ।

 

Leave a Reply

Your email address will not be published.