दमक नगरपालिका र देशमा नागरिकले चाहेको विकास

विकास निर्माणको सम्बन्धमा प्रगति देखिन्छ । तर आवश्यक ठाउँमा भने नभएको पाइएको छ । किन यस्तो भयो बुभ्mनु पर्ने कुरा हो । साथमा विकासका नाममा भत्काइएका बाटहरुको पुनः निर्माण कहिले हुने ? आज दमक फोहोर र धुलोका खानी बनेको छ । यसको निवारण कहले हुने ? योजना अधुरा छन्, अलपत्र छन्, अनुगमन छैन । कहिले हुने अनुगमन ? कसले गर्ने दण्ड जरिवाना ?

……………………………………………………………………………………………………………………………………………………..

संघीय गणतान्त्रिक संविधानपछि नेपालमा दोस्रो पटक स्थानीय तहको चुनाव हुन गइरहेको छ । स्थानीय चुनाव भनेको नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषय हो । गाउँ गाउँमा सिंहदरवार भनेर भनिएको र सुरुवात पनि भएको अघिल्लो चुनावमा सहभागी दलहरुले जो नागरिकबाट मत पाएर पालिका हाक्ने अवसर पाए के के गरे त ? आत्मसमीक्षा गर्ने बेला आएको छ । अनि विपक्षमा रहेका दलहरुले सकरात्मक काम र पालिकाको समग्र विकासमा के के योगदान पुर्याँए त ? अबको मतदान काम गर्ने ठाउँमा पुगेका र रचनात्मक सहयोग, सर्मथन या असहयोग मात्र गर्नेहरुका बीचको प्रर्तिस्पर्धा हो ।

दमक नगरपालिकाको सन्र्दवमा २०७४ सालको स्थानीय चुनाव पश्चात बोलाईएको भेटघाट र विकास विषयमा छलफल गर्न जाने अवसर यो पक्तिकारले पनि पाएको थियो । विभिन्न क्षेत्रबाट सहभागी बक्ताले आप्mना राय राखिरहदा आफुले भने दमक नगरलाई मुख्य आवश्यक विकासहरु निम्न प्रकारका छन् है भनेर लिखित रुपमै उपमेयर ज्यूलाई थमाएको थिए । धेरै ठूला र ठूलो आर्थिक भार थपिने विषयहरु त थिएनन् । अत्यन्तै आवश्यक कुराहरुको फेहरिस्त मात्र थिए । ती मध्ये कतिले चर्चा पाए त कति अनदेखा भए यीनै मागहरु छोटकरीमा बुदाँगत रुपमा राख्न उपयुक्त ठानेको छु ।

, मुर्दाघाट, किरियापुत्री घर र यसैसँग जोडिएको मठमन्दिर अनि पार्क सहितको सुन्दर स्थान बनाउने कहिले : हाल दमकमा एकलाख भन्दा धेरै मानिसको बसोबास छ । जन्म र मृत्युको जनाउ नभएको हामी मध्ये जो कसैको पनि मृत्यु हुनसक्छ । दमक दुई नदीले छेकेर बसेको सहर हो । बीचबीचमा अरु साना खोला खोल्साहरु पनि प्रशस्तै छन् । वर्ष दिनसम्म पानी रहने स्रोत भएका स्थान पनि छन् । तर हामी कन्काईमाईसम्म सव लैजान बाध्य छौं । केहि मानिसको भनाई छ । धार्मिक स्थान भएकाले वहा लगिएको हो । एउटा उत्तर लेखे मैले यसो भन्ने साथीहरुलाई । इटहरीमा रहेको बुढीखोलाको घाटलाई अब के भन्ने ? गुएठाउँ या भगवानको बास भएको ठाउँ ? इच्छाशक्ति चाहिन्छ । केहि नेतृत्वको कुरा सुनियो स्थानीय नागरिकले बनाउन दिएनन् रे । योजना कस्तो बन्यो स्थानीय बासिन्दाले कस्तो बनोस भन्ने चाहना राखे, किन विरोध गरे या गराइयो ? यस विषयमा कहिल्यै नागरिक सुनुवाई राखियो ? हामी विसौं वर्षदेखि आर्यघाटको मुद्धा उठाउदै आएकासँग कुरा गरियो ? खै नेतृत्वले खेलेको भूमिका अनि प्रतिपक्षले रचनात्मक सहयोग गरेको ? अबको चुनावमा जो जितेर आए पनि विकासका विषय त यिनै हुन् । हिजो विरोध गरेको भए आज अर्को हार्नेले विरोध गर्छ अनि विकास कसरी गर्ने ? स्थानीय बासिन्दाले विरोध गर्नुको अर्थ मात्र सवदाहन स्थल बन्ने भएका कारण हो । तर सवदाहन स्थल यता मन्दिर, किरियापुत्री घर र त्यसको यता सुन्दर पार्क बनाउने कुरा लिएर गएमा विरोध होइन स्वागत हुनेछ । र यो स्थान सबैको पायक पर्ने ठाउँमा बनाइनु पर्छ ।

विकास भनेको बाटाघाटा मात्र होइनन । सुन्दरता पनि विकास हो । सहज फुटपाथ पनि विकास हो । होडिङबोड अनि व्यानर रहित अपाङ्ग मैत्रि बाट पनि विकास हो । सेवा प्रदायक संघसस्थाका कर्मचारीको मिठो व्यवहार, जनप्रतिनिधिको नागरिक सुनुवाई साखा र समस्या सामाधान पनि विकास हो । वास्तविक पिडितको कुरा सुन्नु र समाधान खोज्नु पनि विकास हो । सार्वजनिक सुनुवाई गरिरहनु पर्नेमा नभएको देखिन्छ यो पनि कमजोर पक्ष हो ।

………………………………………………………………………………………………………………………………………………………………………………

२, सार्वजनिक शौचालय, ठाउँ ठाउँमा खानेपानी अनि पाटी पौवा कति बने ? : हरेक बटुवाले स्वस्थ र आराम नचाहिने हुँदैन । आप्mनो स्वास्थ्य असहज भए पनि काम र अन्य कुराले हिँडनै पर्छ । उसले बाटामा हिँडदा खोज्ने कुरा भनेका शौचालय, खानेपानी अनि केहिबेर आराम गर्ने सार्वजनिक स्थान हुन् । यी तिनैकुराको दमक नगरमा अभाव छ । यी विषयको सम्बोधन गर्न ठूलो राशी चाहिने त होइन मात्र इच्छाशक्ति र सबैको सहयोग भए पुग्छ । ठाउँ ठाउँमा यी तिन कुरा पुरा गर्न सके जो कोही बटुवाले रहत महशुस गर्ने छन् अनि नगरको सुन्दरता पनि वढने छ । थोरै खुल्ला ठाउँमा रुख रोपेर त्यसको मुनि चौतारो र एउटा खाने पानीको व्यवस्था भए त पुगिहाल्छ । यसको हेरचाह गर्न नगरप्रहरी र कामदार राखिनु पर्छ । र स्थानीय बासिन्दा र बटुवाको पनि उत्तिकै योगदान आवश्यक हुन्छ । फोहोर गर्ने र नटेर्नेलाई दण्ड जरिवाना गरिनु पर्छ । आखिर विदेशमा पनि त दण्ड जरिवाना प्रशस्तै हुने गरको देखिन्छ । सार्वजनिक शौचालयको आवश्यकता धेरै छ । फरक क्षमता भएका शरीरिक रुपमा कमजोर अनि बृद्धबृदालाई झनै आवश्यक छ । यो कहिले बन्ला ? यसमा उमेरद्धारका के के योजना छन् ? ठोस योजना सार्वजनिक भए मात्र मतदाताले पत्याउने अवस्था देखिन्छ ।

३, सार्वजनिक स्थानमा धुम्रपान , नसालु पदार्थ सेवनको पूर्ण निषेध : चुरोट खानेलाई भन्दा छेउमा बसेको मानिसलाई धेरै असर गर्छ । यो कुराको जानकारी गराएर कडाइका साथमा पालना गराउन स्थानीय सरकार र सरोकारवाला सबैको भूमिका हुन्छ । जताततै फोहेर प्mयाक्नेलाई जरिवाना अनिवार्य गर्नु पर्छ । जताततै मादक पदार्थ खुलेआम बेचेको देखिन्छ । यस्तो कार्य रोक्न नीति बनाएर लागु गर्न सकिन्छ । नीति बनाएपछि दण्ड जरिवाना गर्न सहज हुन्छ । रोक लगाउन सहज हुन्छ । दमक लागुपदार्थ सेवनकर्ताको अखडा मानिन्छ । यस्तो कार्यमा लागेका र व्यापार गर्नेहरुलाई निरुत्साहित गर्न के के योजना बनाइएका छन् ?

४, सडक मानवरहित बनाउने अभियान : मानव सबै एउटै स्थानमा हुन्छ । गरिव,धनी, बेसाहारा भनेर बर्गिकरण गर्नु अपराध हो । जातपात र विभेद अर्को अपराध हो । दमकमा धेरै सडक मानव देखिन्छन् । बाहिरबाट ल्याएर छाडिएका छन् । बेसाहारा भएका छन् । आफन्त कोहि छैनन् । माग्नेको हुल देख्न सकिन्छ । जनप्रतिनिधीले चाहने हो भने यो ठूलो काम होइन । तर इच्छाशक्ति देखिएको छैन् । अब आउने जनप्रतिनीधिको योजना के के छन् ?

५, सार्वजनिक पुस्तकालय खोई : कम्तीमा एउटा वार्डमा नगरको तर्फबाट एउटा पुस्तकालय अनिवार्य हुन्छ । तर दमकले यसको सूरुवात गर्न सकेको छैन् । सबै मानिस र पाठक नगरपालिकामै आउछन भन्ने छैन । यस्ता पाठक र फरक क्षमता भएका मासिकालागि यस्ता पुस्तकालय धेरै उपयोगी हुन्छन् । यसको योजना कहाँ पुगेको छ ?

६, स्वास्थ्य सस्था दर्ता , नविकरण र अनुगमनको कमी : नगरपालिकाको स्वास्थ्य शाखा स्थापना भएको ५ वर्ष वित्यो । आज पनि हामी जस्ता कयौं बैकल्पिक चिकित्सा सेवा प्रदायक संस्था र चिकित्सकले भद्रपुर र काठमाडौं धाउनु परेको छ संस्था नविकरण गर्न र नयाँ स्थापना गर्नलाई । हाम्रा कुरा सुनुवाई नहुनु दुखद हो । दमक उपचार सेवाकालागि प्रख्यात छ । यहाँ देश विदेशबाट चिकित्सक सेवा दिने नाममा आउँछन् । उनीहरुले सेवा दिए वापत नागरिकलाई के छुट दिए, कति फिस लिए, कस्ता चिकित्सकले सेवा दिएका छन् ? औषधी कस्तो दिइदै छ । प्रयोगशाला कस्ता छन् ? कति शुल्क लिइदै छ ? ठगी कतिको भइरुहेको छ ? खोइ यसको प्रभावकारी अनुगमन र कार्वाही ? बैकल्पिक र औषधिको कुप्रभाव छैन भनेर धेरैले महंगा औषधी बेचेको, आफु ठगिएको भनेर हामी चिकित्सकले गुनासा सुनेका छौ । अनेक डर देखाएर विरामीलाई अनावश्यक रक्त परिक्षण अनि एक्सरे र अन्य जाँच गराइएको देखिन्छ । चिकित्सा पेशा भनेको त सेवा हो । खोई यसको भरपर्दो अनुगमन र कार्वाही ?

७, सहर सौन्दर्यकरणमा कमजोर : विकास भनेको बाटाघाटा मात्र होइनन । सुन्दरता पनि विकास हो । सहज फुटपाथ पनि विकास हो । होडिङबोड अनि व्यानर रहित अपाङ्ग मैत्रि बाट पनि विकास हो । सेवा प्रदायक संघसस्थाका कर्मचारीको मिठो व्यवहार, जनप्रतिनिधिको नागरिक सुनुवाई साखा र समस्या सामाधान पनि विकास हो । वास्तविक पिडितको कुरा सुन्नु र समाधान खोज्नु पनि विकास हो । सार्वजनिक सुनुवाई गरिरहनु पर्नेमा नभएको देखिन्छ यो पनि कमजोर पक्ष हो ।

८, नगरभित्र रहेका बृद्धबृदा, रोगी, अशक्तको संख्या, नगरले दिने सेवा सुविधा अनि असहायको निशुल्क उपचार : यी विषयमा नगरले कति सफलता हासिल गर्यो र आउने दिनमा कस्ता योजना छन् ? असक्त, असहाय, एकल अनि रोगी र उपचारको पहुँच भन्दा बाहिर रहेका आप्mना नागरिकको ख्याल राख्न सके कि सकिन यो गहन विषय हुनु पर्छ हरेक जनप्रतिनिधीको ।

९, आवश्यक विकास निर्माण : विकास निर्माणको सम्बन्धमा प्रगति देखिन्छ । तर आवश्यक ठाउँमा भने नभएको पाइएको छ । किन यस्तो भयो बुभ्mनु पर्ने कुरा हो । साथमा विकासका नाममा भत्काइएका बाटहरुको पुनः निर्माण कहिले हुने ? आज दमक फोहोर र धुलोका खानी बनेको छ । यसको निवारण कहले हुने ? योजना अधुरा छन्, अलपत्र छन्, अनुगमन छैन । कहिले हुने अनुगमन ? कसले गर्ने दण्ड जरिवाना ?

१०, स्वास्थ्य बिमाको सास्ती : स्वास्थ्य विमा राम्रो हो तर दमकमा यसको सही व्यवस्थापन हुन नसक्दा सेवाग्राही(रोगी) हैरान छन् । दमकमा धेरै निजी अस्पताल छन् , सबैको स्वास्थ्य विमा सेवामा पहुच किन नपुगेको या एकाधिकार किन ?

दमकमा धेरै स्वास्थ्य संस्था छन् । एउटा सामान्य छाती दुख्यो यो मुटुु दुख्यो भने या दुर्घटना भयो भने उपचार छैन । यो कस्तो अवस्था हो ? किन यी संस्थाहरुले राम्रो सेवा दिन नसकेका । पटक पटक दिइएको सुझावलाई न अस्पताल संचालकले बुझे न त नगरले नै संयोजन गरेर काम गराउन सक्यो । के दमक बासीले सधै दमक बाहिर गएर मात्र उपचार गराउने ?

११, पलिकामा बसोबास गर्ने साहय, असक्त, फरक क्षमता भएका र एकल अनि रोगी र उपचारबाट बञ्चित नागरिकको अवस्था, संख्या र दिइएको सेवा बारेमा कति प्रगति भयो र आउने प्रतिनिधिले के के योजना बनाएका छन् ?

१२, स्थानीय कानुन कति बने कति बाँकी छन् ?

१३, दमकलाई कस्तो बनाउने भन्ने योजना के के छन् ? दल र उमेरद्धारले कसरी आजका युवालाई आर्कषित गर्ने र स्थानिय स्तरमै टिक्न र रोजगार बनाउने ?

१४, रोजगारीका अवसरहरु कति खुले र आउने दिनमा के योजना छन् ? यो प्रश्न स्थानिय चुनावमा प्रतिस्पर्धामा आउनु हुने नेतृत्वलाई ।

१५, कृषि र उत्पादनमा के के काम भए र अबको योजना के ?

१६, युवालाई बैदेशिक रोजगारमा नगएर यही उद्यम गर्ने वातावरण तयार गर्ने कार्य, योजना कहाँ पुग्यो ?

१७, भ्रष्टाचार रोक्न र सरकारी कामको ढिलासुस्ती अनि टेबलमुनिबाट दिनुपर्ने प्रथाको अन्त्य गर्न के के योजने बने र बनाइने ?

१८, दमक नगरभित्र रहेका सरकारी सेवाप्रदायक जस्तै मालपोत, इलाका प्रसासान, नगरपालिका लगायतका कार्यलयमा के काम सहजै र कुनै लेनदेन विना हुने गरेको छ ? यसको अनुगमन र प्रभावकारीतामा कति प्रगति भयो ?

१९, शिक्षा क्षेत्रमा देखिएको चरम लापरवाहीलाई सुधार्न अहिलेसम्म भएका काम र अब गर्नुपर्ने कामका बारेमा योजना चाहियो ।

यस्ता धेरै प्रश्नहरु यो पक्तिकारलाई मात्र नभएर आम नागरिकका मनमा अझ युवा वर्गमा उठेका छन् । आसन्न स्थानीय चुनावमा यी र यस्ता धेरै प्रश्नको उत्तर लिएर मात्र मत माग्न हिँडेमा सहज हुनेछ । नत्र नागरिकले सहजै पत्याउने अवस्था देखिदैन । (लेखक : होमियो चिकित्सक हुन् । )

Leave a Reply

Your email address will not be published.