दमकका दंगाल परिवारबाट अशक्त समाजलाई सहयोग

दमक ,७ बैशाख । होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकका अध्यक्ष योगराज दंगालले माता तीर्थका अवसर पारेर झापाको कन्काई कोटीहोममा अवस्थित पुकार अपाङ अशक्त समाजलाई विभिन्न सहयोग सामाग्रीहरु वितरण गरेका छन् ।
आश्रममा पुगेर दंगाल परिवारले विहिबार आश्रमकी सञ्चालिका निर्मला ओझालाई नगद १० हजार र रु १५ हजार बराबरका विभिन्न जिन्सी सामाग्रीहरु उपलव्ध गराएका हुन् । आश्रममा अशक्तसहित २० जना बढी बालबालिकाहरुसहित आश्रित छन् ।
सहयोग सामाग्री हस्तान्तरणका क्रममा दाता दंगालले असहाय बालबालिकालाई संरक्षित गरि उनीहरुको उचित शिक्षादिक्षा दिलाउन आश्रम सञ्चालकको यस किसिमको कार्य अतिनै प्रंशसनीय भएको भन्दै आगामी दिनमा समेत थप सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका थिए ।
सोहि अवसरमा कनकाई निवासी सुस्मिता सापकोटाले समेत नगद रु ११ सय समेत सहयोग हस्तान्तरण गरेकी थिइन् । सहयोग हस्तान्तरण कार्यक्रममा माता जानुका दंगाल, ,बन्दना रिमाल, पौरख दंगाल,सुस्मिता सापकोटा,समीक्षा प्रसाई,संदीपबाबू प्रसाईं र काजी राउत लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.