
झापा, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गरेका हुन्। राजतन्त्र र हिन्दु राज्य फर्काउने एजेन्डासहित अघि बढिरहेको राप्रपाले ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विभिन्न लोकप्रिय कार्यक्रम समावेश गरेर घोषणापत्र ल्याएको हो।
यस्ता छन् घोषणा
राप्रपाले आफ्नो स्थानीय सरकार बनेका पालिकाहरुमा कृषि कार्यका लागि किसानहरुलाई निस्शुल्क बिजुली दिने भएको छ। त्यसैगरी राप्रपाले किसानको खेत खेतमा बिजुली पुर्याइदिने वाचा पनि गरेको छ।
राप्रपाले लोकप्रिय कार्यक्रम अघि सार्दै उपभोक्ताको स्वामित्वमा खानेपानी योजना अघि बढाउने जनाएको छ। उसले एकीकृत समाजवादीको घोषणा जस्तै आफूले जितेका पालिकामा ुएक घर एक धाराु बनाइदिने प्रतिवद्धता पनि जनाएको छ।
राप्रपाले जितेका पालिकाका सबै घरधुरीमा चार वर्षभित्र आधारभूत खानेपानी सेवा पुर्याउने पनि जनाएको छ। घोषणापत्रमा प्रत्येक घरमा बिजुली दिने वाचा पनि गरिएको छ।
त्यसैगरी एक पालिका एक स्वरोजगारीको नीति पनि राप्रपाले ल्याएको छ। अध्यक्ष लिङ्देनले सार्वजनिकस्थलमा फ्री-वाइफाईको व्यवस्था गरिने पनि बताएका छन्। राप्रपाले घोषणापत्रमा सबै वडालाई सडक सञ्जालमा जोडी बाह्रै महिना चल्ने कालोपत्रे वा ग्राभेल सडक बनाउने पनि प्रतिवद्धता जनाएको छ।
त्यसैगरी आफूले जितेका पालिकाका ज्येष्ठ नागरिकलाई देशभर निस्शुल्क धार्मिक यात्राको व्यवस्था गरिने वाचा पनि राप्रपाले घोषणापत्रमा गरेको छ। राप्रपाले आफ्नो प्रतिवद्धता पत्रमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, बृहत् राष्ट्रिय एकता र आर्थिक उदारीकरणलाई आधारस्तम्भ भनेको छ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास निर्माणसहित स्थानीय साधनस्रोत परिचालन र रोजगारी सिर्जनालगायतलाई राप्रपाले उच्च प्राथमिकता दिने भएको छ। राप्रपाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको छ।
प्रतिवद्धता पत्रमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्ने उल्लेख छ। हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने राप्रपाले जनाएको छ। राप्रपाले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ। उसले हरेक सुत्केरी महि