शिक्षक पौडेललाई पुर्पक्ष थुनामा पठाउने अदालतको आदेश

मृतक एक महिला प्रहरी जवान

मोरङ,६ बैशाख । मोरङको लेटाङ नगरपालिकास्थित शिक्षा विकास विद्यालयमा भएको छात्रा दुर्व्यवहारका आरोपी शिक्षक मनोज पौडेललाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश दुर्गा खड्काको इजलासले ५६ वर्षीय शिक्षक पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। इजलासले हाल प्राप्त प्रमाणका आधारमा उनलाई थुनामा राख्न आदेश दिएको हो। यससँगै आरोपी शिक्षक पौडेल कारागार चलान भएका छन्।

गत चैत्र ६ गते आइतबार खेरुवास्थित विद्यालयमा छात्रामाथि भएको दुर्व्यवहार घटनाले हिसांत्मक मोड लिएपछि एक महिला प्रहरी जवानको हत्यासमेत भएको थियो।

सोही समय प्रहरी नियन्त्रणमा आएका शिक्षक पौडेललाई प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान सुरु गरेको थियो। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका (मिसिल ) आधारमा सरकारी वकिल कार्यालय मोरङले उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

यसक्रममा वादी नेपाल सरकार र प्रतिवादी पौडेल पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो। बहसपछि सोमबार अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। सो घटनामा संलग्न ७२ जनालाई पक्राउ गरेर कानुनी मोरङ प्रहरीले कारबाहीको दायरामा ल्याएको छ।

Leave a Reply

Your email address will not be published.