साहित्य कला संगमको ५० औं रचना वाचन श्रृङखला
दमक ,६ बैशाख । साहित्य कला सङ्गम दमकले मासिक रुपमा सञ्चालन गरिआएको सिर्जनशिल रचना वाचन कार्यक्रमले शनिवार ५० औं श्रृङ्गला सम्पन्न गरेको छ ।
साहित्य कला सङ्गमको आफ्नै कार्यलयमा भएको उक्त रचना वाचन कार्यक्रममा रचना वाचन गर्नेहरु एक दर्जन श्रष्टाहरुको सहभागिता रहेको थियो ।
साहित्य कला संगम दमकका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षता तथा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा साहित्यकला संगमका पूर्व अध्यक्ष नरपति पाण्डेको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संगमका बरिष्ठ उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शक, उपाध्यक्ष यादवप्रसाद अधिकारी,कोषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु अम्बिका प्रसाद सापकोटा , रामकुमार उपाध्याय,बिवेक दुलाल क्षेत्री, किशोर खनाल,पदमप्रसाद ओली ,मदन शिवाकोटी,शान्त प्रसाद भट्टराई,खड्ग बहादुर खड्का,उर्मिला ओलीले रचना पाठ गरेका थिए ।