नागरिकका गुनासो समाधानमा उत्रिए अध्यक्ष राई

दमक,६ बैशाख । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिह राई विकास निर्माणका सवालमा गुनासो सुन्न र समाधान गर्न एक्सनमा उत्रिएका छन् ।पछिल्ला समय कमल ५ को मंगलवारे पूर्वको मिलडाँडा, मूर्तिचौक, भलायो डाँडाहुदै क्याम्पा जाने निर्माणाधिन सडकमा गुनासो आएपछि अध्यक्ष राईले स्थलगत अनुगमन गरेर गुनासो सुनुवाईमा उत्रिएका हुन् ।

त्यस निर्माणाधिन सडकको पुलचौक पूर्व खण्डमा सव बेस ग्राभेल बिछ्याउँने क्रममा गुणस्तर उठाउदै गुनासो आएको थियो । गुनासो उपर अध्यक्ष राईले त्यहाँ पुगेर सरोकार पक्ष तथा निर्माण व्यवसायीवीच बसेर समस्याको समाधान गरिदिएका छन् ।सडक निर्माणगर्ने कममा प्रयोग गरिएको ग्राभेल गुणस्तर नभएको भन्दै स्थानीयले पालिका अध्यक्ष हुकुमसिह राईलाई उजुरी गरेका थिए ।

पालिका अध्यक्ष राईको नेतृत्वमा सडक डिभिजन कार्यालयका ईन्जिनियर शुसान्त, निर्माण व्यवसायी भगवान बस्नेत ,सामाजिक अगुवा केदार चापागाई लगायतले निर्माणस्थलको निरीक्षण गरेर आगामी दिनमा कमजोरी सच्याई सडक निर्माणको कामलाई सुचारु गर्ने सहमति भएको थियो।
अध्यक्ष राईका अनुसार निर्माणाधिन सडकको ग्राभेलमा ठुला ढुङ्गा हटाउने ,ग्राभेल कार्यलाई मापदण्ड अनुसार बनाउने तथा संघिय र प्रदेश मातहतका योजनाहरु सडक

डिभिजन कार्यालय वा निर्माण पक्षले पालिका वा वडामा जानकारी गराएर मात्र काम सुरूगर्ने सहमति भएको छ । ग्रामीण कृषि सडक नामाकरण गरि २०७२ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सो कृषि सडक खण्ड अन्तर्गत १२ किलोमिटर कालोपत्रे गर्नका लागि ६ करोड रकम बिनियोजन भएको छ ।

अध्यक्ष राईको स्पष्टताकै कारण पछिल्ला समय पालिकाबासीले उनको कार्यशैलीप्रति खुसीसंगै आशा पलाएको भन्दै सामाजिक सञ्जालमा तारिफ गरिआएका छन् । उनीहरुले अध्यक्ष राईले निर्देशन मात्र दिने नभई आफैनै लागेर हरेक समस्याको समाधान खोज्ने शैलीको चौतर्फी प्रंशसा गरेका हुन् ।

.

Leave a Reply

Your email address will not be published.