नुहाउने क्रममा कोशीमा दमकका एकको मृत्यु, २ जना वेपत्ता

दमक, ६ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।
सशस्त्र प्रहरीको नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरको टोलीले झापाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपाने शव नदीबाट निकालेको हो । साथै अन्य दुई जनाको खोजीकार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाई र झापाको दमक ९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने बुधबार बिहान कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । दुई न्यौपाने एकाघरका दाजुभाई भएको खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published.