दमक,६ बैशाख । सुत्केरी महिलाको मृत्यू भएपछि झापाको दमक ७ मा रहेको ओम मेची अस्पताल आज दिनभरि तनावग्रस्त बनेको छ । दमक –१ निवासी ३० वर्षीया रुवी देवि शाहलाई उपचारका लागि ओम मेची अस्पताल भर्ना गरिएको र उनको आज विहान मृत्यू भएपछि मृतकको परिवार र आफन्तजनले चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाउनु परेको भन्दै प्रर्दशन गरेपछि अस्पताल दिनभर तनावग्रस्त बन्न पुगेको हो ।
उच्च रक्तचाप भएकी सुत्केरी महिलाको उपचारमा लापरबाही भएको बताउँदै परिवारले संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन् । ओम अस्पतालले अन्तिम अवस्थामा रेफर गरेको भन्दै शाह परिवारले पुनः गल्ती नदोहोर्याउन प्रतिवद्धताको माग समेत गरेको छ ।
ओम अस्पतालले विएण्डसीमा रिफर गरेको थियो, परिवारका एक सदस्यले भने – अस्पताल नपुग्दै विरामीको मृत्यु भइसकेको थियो । सो घटनाका कारण ओम अस्पतालमा तनावग्रस्त वनेपछि नियमित सेवा प्रभावित बन्न पुगेको थियो । उक्त घटना समाधानका लागि अस्पताल प्रशासन र परिवार पक्षबीच सहमतिको प्रयास ।गरिएप्नि त्तत्काल सहमति जुट्न सकेको छैन् । तनाव बढेपछि अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।
यसैगरि, घटनास्थलमा समाचार संकलनमा पुगेका सुदिप अधिकारीसहित रिपोटिङका लागि पुगेको पत्रकारको टोलीलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।