दमकमा सुरक्षाका बिषयमा अन्तरक्रियात्मक कार्यक्रम


दमक,६ बैशाख । झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकको इञ्चार्जका रुपमा जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक (डिएसपी ) दिपक गिरीलाई दमकका उद्योगी व्यवसायीहरुले स्वागत गर्दैै स्थानीय सुरक्षाका बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गरेका छन् ।
संघले आज मंगलबार आफनै सभाकक्षमा डिएसपी गिरीलाई स्वागतसहित अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा डिएसपी गिरीले आफनो अनुभव पूर्व क्षेत्रमा नौलो नरहेको भन्दै यहाँको परिस्थितीलाई बुझेर अपराध नियन्त्रण तथा अनुसन्धानमा इमान्दारितापूर्वक लाग्ने प्रतिबद्धता जनाए । उनले कानुनको पालना गराउने र जुनसुकै समयमा पनि यहाँका नागरिकले चाहेको सुरक्षा व्यवस्था मिलाउन आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
प्रहरीले स्थानीय व्यवसायीहरुसंग पूर्वाधार बिकास वा अरु कुनै पनि बहानामा आर्थिक कारोबार गर्दै नगर्ने भन्दै डिएसपी गिरीले भने– आर्थिक कारोबार पनि गर्दिँन र म भ्रष्टाचार पनि गर्दिँन । जति सक्छु राम्रो गर्छु, नराम्रो गर्दिंँन । उनले समयानुकुल प्रहरीको आचरण र व्यवहारलाई सुधार गर्दै सेवा दिन आफनो मातहतका प्रहरीलाई निर्देशन दिने पनि उनले बताए । उनले साता अघिदेखि दमकमा प्रहरीको कमाण्ड सम्हाल्दै आएका छन ।
संघका अध्यक्ष श्रेष्ठले लामो समयसम्म कोभिडका कारण थला परेका व्यवसायिक क्षेत्रलाई सुरक्षा निकायबाट व्यवसायिक सुरक्षाको ग्यारेन्टी गरिनु आवश्यक रहेको बताए । उनले केही रात्रीकालिन व्यवसाय समेत दमकमा रहेको भन्दै तिनको सुरक्षामा समेत ध्यान पुरयाइदिन माग गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका १ नम्बर प्रदेश सदस्य पशुपति बराल, संघका पूर्व कार्यसमिति सदस्य तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, मारवाडी सेवा समिति दमकका अध्यक्ष दिनेश अग्रवाल, किराना तथा खाद्यन्न व्यवसायी संघका अध्यक्ष कृष्ण अधिकारी, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रिङकुमार आचार्य लगायत व्यवसायी नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले कार्यक्रमको सञ्चालन गरेका थिए भने संघका द्धितिय उपाध्यक्ष राजकुमार योङया, तृतीय उपाध्यक्ष रमा लिम्बु लगायत कार्यसमितिका सदस्य व्यवसायी नेताहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.