-शिविरमा २०५ जनाले पाए सेवा
दमक,५ बैशाख । झापाको कमल गाउँपालिका ५ स्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले शुक्रवारदेखि ल्याव सेवा सञ्चालनमा ल्याएको छ ।गरिव तथा विपन्न समुदायलाई आफनै ठाँउमा सरल,सुलभसंगै भरपर्दो ल्याव सेवा पुरयाँउने हेतुले स्थापना गरिएको ल्याव सेवा कक्षको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरे । उद्घाटनका क्रममा अध्यक्ष राईले रोग लाग्न नदिन तर्फ अव स्वास्थ्य सचेतना पुरयाँउनु पर्ने खाँचो रहेको औल्याए ।
रेडक्रसमा ल्याव सेवा सञ्चालनमा आएपछि रगत र पिसाव जाँचका लागि अन्यत्र जानुपर्ने समस्या हल हुने स्वास्थ्यकर्मी समेत रहेका लखनपुर रेडक्रस उपशाखाका सभापति चन्द्र साहले बताए । उनका अनुसार शुभारम्भका दिन ३७ जनाले रगत तथा पिसाव परीक्षण गरिएको छ । त्यस अवसरमा सभापति साहले रेडक्रस लखनपुर उपशाखाको हिजो र आजसहित ल्याव सेवा सञ्चालनको विषयमा प्रकाश पारेका थिए ।
सोहि अवसरमा रेडक्रस लखनपुर उपशाखाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा २०५ जनाले सेवा पाएका छन् । सोहि कार्यक्रममा प्रयोगशाला सेवा सञ्चालनमा सहयोग पुरयाँएको भन्दै कमल ६ का व्यवसायी रमेश लुईटेललाई सम्मान प्रदान गरिएको थियो ।
आम्दा अस्पताल दमक, विर्ताज्योति आँखा अस्पताल दमक र मिजोन स्किन एण्ड प्यास्टिक सर्जरी हस्पिटल दमकको प्राविधिक सहयोगमा जेनेरल फिजिसियन , हाडजोर्नी , छाला तथा आखाँ सम्बन्धी स्वास्थ्य सेवा उपलव्ध गराईएको सचिव पारषमणि राईले बताए ।
रेडक्रसको आफनै कार्यालयमा सञ्चालित शिविरमा कमल वडा न ५,६ र ७ का सेवाग्राहीहरुले स्वास्थ्य जाँच, परामर्श तथा निशुल्क औषधी समेत प्रदान गरिएको थियो ।
शिविर उद्घाटनका क्रममा रेडक्रस झापा शाखाका उपसभापति मित्रदेव काफ्ले लगायतले बोलेका थिए ।
उक्त शिविरमा आम्दा अस्पतालका फिजिसीयन डा. दिवसराज बोहोरा, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.अरुणकुमार साह, मेडिकल अफिसर डा. प्रकाश भण्डारीसहितको स्वास्थ्यकर्मीको टोलीले प्राविधिक सहयोग पुरयाँएका थिए । त्यसैगरि, आँखातर्फ बिर्ताज्योतिका भुपेन पोख्रेल र छालातर्फ मिजोन स्किन हस्पिटलका विशेषज्ञ डा. माधव गौतमसहितका चिकित्सकहरुले प्राविधिक सहयोग पुरयाँएका थिए ।
लखनपुर रेडक्रस उपशाखाकी उपसभापति नरमाया तामाङले स्वागत मन्तव्य राखेकी थिइन् भने शिविर उद्घाटनमा रेडक्रस झापाका कोषाध्यक्ष ओमप्रसाद गौतम,कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल थापा, कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहाल, रेडक्रसका आजीवन सदस्यहरु, सेवाग्रहीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।