मोटरसाईकल चोरी हुने क्रम बढ्यो

दमक ,५ बैशाख । दमकमा मोटरसाईकल चोरी हुने क्रम बढ्दै गएको छ । दमकको बाक्लो वजारबाट रातिपख मोटरसाईकल चोरी हुने बढे्को पाईएको हो ।दमक -७ पशुहाट नजिकै बस्दैआएका पवन राईको गत चैत ३० गते घरैबाट १५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको पीडित राईले बताएका छन् । उनका अनुसार चोरी भएको मोटरसाईकलको नम्बर प्रदेश १– ०१ –०-६ पीए १९९० रहेको छ । चोरी भएको मोटरसाईकल खोजी गरिदिन पीडित राईले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका छन् । प्रहरीले चोरी भएको मोटरसाईकलको खोजतलास भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.