दमक ,४ बैशाख । झापा ,दमक–१ की सम्झना साँवा लिम्बूले आफ्नो १२ वर्षिय छोरा युकफुङ सेरिङ लिम्बूको जन्मदिन फरक ढङ्गले मनाइदिएकी छन् ।११ वर्ष पूरा गरेर १२औं वर्षमा प्रवेश गरेका छोरा युकफुङको जन्मोत्सवलाई दमक–२ खरखरेस्थित हाम्रो बाल आश्रमका बालबालिकाबीचमा केक काट्नुका साथै मिठाई र खाना खुवाइएको आमा सम्झनाले बताईन् । युकफुङ चुलाचुली अंग्रेजी स्कुल कक्षा ६ मा अध्ययनरत छन् ।
जन्मदिनलाई शिक्षा, प्रेरणा, सम्मान र हौसल्ला जागृत गराउन केहि बर्षदेखि यसरीनै जन्मदिनलाई फरक किसिमले मनाउदै आएको आमा सम्झनाले बताईन् ।उनी दमकको विश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष र नेशनल लाईफ इन्स्योरेन्स दमक शाखामा कार्यरत छिन् ।
त्यसैवीचमा उनले आश्रमका बालबालिकाहरुका लागि विस्कुट, चाउचाउ लगायतका खाजाका सामाग्रीहरु प्रदान गरिन् ।युकफुङका एक जना दिदी मिङ्सा र बुबा दिलकुमार भारतीय सेनामा कार्यरत छन् ।