-नयाँवर्षमा पालिका अध्यक्ष राईको नयाँ शुरुवात
दमक,४ बैशाख । नयाँ वर्षको पहिलो दिन प्राय मानिसहरु एकापसमा शुभकामना साटासाट गर्ने ,मिठो मसिनो खानपीनसंगै पारिवारिक रमाइलोमा व्यस्त हुन्छन् ।
घुम्न जानेदेखि रमाइलो गरेर दिन बिताउने त्यो अवस्था सामान्यनै पनि हो । तर, केहि मानिसहरु यस्ता पनि हुन्छन् , उनीहरु अरुको कर्म र मर्मप्रति भावना साटासाट गरि घरघर पुगेर आत्मियता बटुल्ने गर्छन् ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको यस्तै दिनचर्या वन्यो नयाँ वर्ष । नयाँ वर्ष अंग्रेजी जस्तै नेपाली विक्रम सम्वतको हो । जुन सम्बत आफनै विशेषता छ । नयाँ वर्षको पहिलो दिन देशभरि सार्वजनिक विदा पनि हुने गर्छ । विदालाई सदुपयोग गर्न हप्तादिन अघि तयारी पनि हुने गर्छन् ।
तर सामाजिक कार्यमा सक्रिय रहदैआएका पालिका अध्यक्ष राई भने यो पटकको नयाँ वर्ष दिनभरि वडाबासीको गुनासो सुन्न गाउँघर चहार्नमा व्यस्त देखिए । उनको यो पटकको पूर्वतयारीका कुनै कार्यक्रम थिएनन् पनि । उनले केहि साथीको निम्तो स्वीकारेर विहानै कमल गाउँपालिकाको वडा न. ७ का स्थानीयहरुसंग विकासको कुरोदेखि अपेक्षासम्मका गन्थनमन्थनमा आफूलाई व्यस्त बनाए ।
कमल -७ बिष्णुकठठास्थित सिहंदेवी आधारभूत विद्यालयका अध्यक्ष सन्तोष राईले पालिका अध्यक्ष राईले वडाबासीको समस्या सुन्न स्थानीयहरुसंग कुराकानी भएको बताउँछन् । अध्यक्ष राईले कमल -७ को किरात युमा माङहिम ,किरात राई साकेला माङखिमदेखि सैनिक चौंक पूर्वको धरधरे बाँध निर्माणसम्मको स्थलगत अनुगमन गरि त्यहाँ भईरहेको कामको विषयमा सरोकारवालाहरुसंग जानकारी लिने सम्मका अन्तरकृया समेत भएको बताउँछन् ।
मेमेङ टोलमा निर्माणाधन माङहिमको अवलोकन गर्न पुगेका अध्यक्ष राईलाई माङहिमका विषयमा उपाध्यक्ष पूर्णकुमार मावोले जानकारी गराएका थिए । माङहिम बनाउन स्थानीय समासेवी गणेशबहादुर केरुङले २ कठ्ठा र अर्का दाता बुधमाया मावोले १० धुर जमीन निशुल्क प्रदान गरेका थिए । त्यही जमीनमा २०७५ सालदेखि माङहिम निर्माण थालिएको हो ।
माङहिम निर्माण उपभोक्ता समितिका संयोजक समेत रहेका मावोले गाउँपालिकाको करिव २५ लाख र ४ लाख बढी शुभेच्छुकहरुबाट सहयोग जुटाएर त्यहाँ घेराबेरा, यज्ञकुण्ड, पूजास्थलसम्मका निर्माण भईसकेको जनाएका छन् । सामुदायिक भवन बनाउने लक्ष्य राखिएपनि अहिले भने पूजारी बस्ने आवास शौचालय,धारापानी लगायतका काम गर्न आर्थिक अभावले काम गर्न समस्या भएको मावो वताउँछन् । उनले भने, –‘अव पनि पालिकासंग हारगुहार गर्नको बिकल्प छैन् , यसतर्फ पालिका अध्यक्ष राईसंग अनुरोध गर्न चाहन्छौ ’
त्यसक्रममा अध्यक्ष राईले अधुरा योजनालाई छिटोछरितो पूर्णता दिन स्थानीय सरकार प्रतिवद्ध भएको बताउँछन् । माङहिमको विषयमा आफूले सक्दो सहयोग गर्ने उनले बताए ।
यसैगरि, माङहिमको करिव ५सय दक्षिणमा रहेको राई जातिको अगुवाईमा किरात राई साकेला माङखिममा पुगेका अध्यक्ष राईले सरोकारवालाहरुसंग साकेला खिमको बस्तुस्थितिका बारेमा भलाकुसारी गरे । साकेला माङखिमका अध्यक्ष चन्द्रवहादुर राई, सामाजिक अगुवा जेवी राई माङपाहाङसहितका सरोकारवाला, स्थानीयले साकेला खिमलाई राई जातिको संग्रहालयसहित आस्थाको स्थल बनाउन आफूहरुले काम गरिआएको सुनाए ।
त्यहाँको माङखिम स्थललाई थप व्यवस्थित बनाउन दाताहरुबाट जग्गा समेत सहयोग प्राप्त भएपछि अव त्यहाँ घेरोवेरासहितको योजनामा समिति लागेको अध्यक्ष चन्द्रबहादुर राईले बताए ।
उनका अनुसार माङखिमसंग जग्गा पर्याप्त नभएपछि समिति आफैले १ कठ्ठा जमीन खरिद गरेको थियो भने अन्य भने स्थानीय दाताहरुबाट निशुल्क जमीन प्राप्त भएको थियो । माङखिम स्थलमा पुगेका पालिका अध्यक्ष राईले किरात राई साकेला माङखिमको विकासमा सहयोग पुरयाँउने उल्लेख गरेका थिए ।
स्थानीय सिंहदेवी आधारभूत विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष जितबहादुर राईले यस क्षेत्रका राई समुदायको साझा सम्पदाका रुपमा यो माङखिमले विस्तारै आकार ग्रहण गर्ने विश्वास व्यक्त गर्दे त्यसका लागि स्थानीय सरकारले पनि सहयोग पुरयाउँन आग्रह गरे ।
त्यसैबेला पालिका अध्यक्ष राईले कमल ७ कै सैनिक टोल उत्तर धरधरे बाँध पूर्ननिर्माण कार्यस्थलमा पुगेका थिए । त्यहाँ बाँध मर्मतमा भईरहेको कार्यको अनुगमन गरि सरोकारवालाहरु अन्तरकृया गरेका थिए । स्थानीय उपभोक्ताहरुले अध्यक्ष राईसंग धरधरे बाँधलाई दिगो निर्माणमा सहयोग पुरयाँई दिन माग गरिएको बाँध निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार लिम्बूले बताए । त्यसक्रममा अध्यक्ष राईले स्थानीयले धरधरे बाँधको दिगो व्यवस्थापनमा प्रविधिक झिकाएर काम अघि बढाउने बताएका थिए । उनले भने, –‘धरधरे यो बाँधलाई व्यवस्थित बनाउन लाग्ने छु, ढुक्क हुनुहोस ।’
एकैदिन तीन वटा छुट्टाछुट्टै योजनामा सहभागि पछि सोहि टोल निवासी सिंहदेवी आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक सुरेन्द्र राईको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए। पूर्व प्रअ राई केहिसमयदेखि अस्वस्थ्य रहेका छन् ।
पालिका अध्यक्ष राईको नयाँवर्षको दिनचर्या सवै जनप्रतिनिधिहरुका लागि गतिलो प्रेरणा हुने शैक्षिक अगुवा कविराज सम्बाहाम्फे बताउँछन् । अंग्रेजी विषयका शिक्षक समेत रहेका उनले भने, –जनताको काम गर्न उनलाई कहिल्यै कुनै समय र दिन पर्खनु परेन , यस्तो हुनुपर्छ नी जनताको प्रतिनिधि । ’