
कमल, ४ बैशाख । सत्तारुढ दलहरुवीच गठबन्धन गरेर निर्वाचनमा जाने भनिरहेको बेला झापाको कमल गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आकांक्षीहरुको नाम सार्वजनिक गरेको छ ।
पार्टी पदाधिकारीको आज सम्पन्न बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा ६ , ६ जनाको उम्मेदवारी सिफारिस गरेको छ । जसअनुसार अध्यक्ष पदमा प्रताप सुब्बा, नगेन्द्र साँवा (ठुल्दाई ),जितबहादुर माझी, बाबुराम कोइराला, मोहन सुब्बा, रबिन्द्र चापागाई ,उपाध्यक्षमा बन्दना झागड, बिमल संग्रौला, पर्शु सुवेदी, गोविन्द तिवारी, गौरी राई र शान्ता दाहालको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरि कमल १ को वडाध्यक्षका लागि हर्क कार्की, वडा न. २ मा खड्ग नारायण आचार्य, ३ मा नरवहादुर लिङदेन, ४ मा दुरेन नेम्बाङ , ५ मा विरेन्द्र तिवारी, लालबहादुर विष्ट , ६ मा शोभलाल राजवंशी र ७ मा रविन गुरुङलाई सिफारिस गर्ने निर्णय गरिएको सचिव गोविन्द तिवारीले जानकारी दिए । बैठकबाट सर्वसम्मत सिफारिस गरिएको निर्णय जिल्ला तथा प्रदेश कमिटीलाई समेत पठाउने निर्णय भएको उनले जनाए ।