दमक,५ बैशाख । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रवि न्यौपाने केसी निर्वाचित भएका छन् ।आज सम्पन्न पदाधिकारीको निर्वाचन कार्यक्रमबाट न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । यसैगरि , संस्थाको उपाध्यक्षमा कुमार निरौला ,सचिवमा चन्द्रबहादुर थापा,सहसचिवमा दिलकुमारी सुब्बा (दिलु ) र कोषाध्यक्षमा विक्रम अधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक यज्ञराज निरौलाले बताए ।
गत चैत २३ गते सम्पन्न खानेपानी निर्वाचनबाट निर्वाचित ९ जना सदस्यहरुबीच बुधबार भने पदाधिकारी चयनका लागि निर्वाचन गरिएको थियो । निर्वाचनबाट सदस्यहरुमा गजेन्द्र देवान (गजु), पार्वता ढकाल ,दुर्गादेवी खनाल (काफ्ले ) र रिताकुमारी वस्नेत (श्रेष्ठ) चयन भएका छन् ।