दमक ,३ बैशाख । दमकमा यहि बैशाख २७ देखि २९ गतेसम्म खेलकुद महोत्सव हुने भएको छ । दमक नगरपालिकाको आयोजनामा हुने खेलकुद महोत्सवमा फूटवल ,भलिवल,तेक्वान्दो, कराते, चेस,व्याडमिन्टन,क्रिकेट लगायतका खेलहरु सञ्चालन हुने छन् । दमकमा यो पहिलो खेलकुद महोत्सव हो ।
खेलकुद महोत्सका बारेमा आज दमक नगरपालिकासहित दमक नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा बसेको बैठकले महोत्सवको मिति,स्थान तय गरिएको खेलकुद समितिका सदस्य तथा दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले बताए । महोत्सव दमक- ३ दुम्सेस्थित प्रस्तावित रंगशालामा हुने छ ।
महोत्सवमा दमक नगर भित्रका १० वटै वडाबाट सवै विधाका खेलाडीहरुले सहभागिता जनाउने छन् । महोत्सवमा विजेता खेलाडीहरुलाई नगद,ट्रफि ,मेडलसहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिने सदस्य धिमालले बताए ।
बैठकमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमकका सवै खेलकुदहरुलाई प्रोत्साहित गर्न नरपालिकाले पहिलोपटक खेलकुद महोत्सव आयोजना गर्न लागिएको र यसले खेलाडीहरुलाई थप उर्जा प्रदान हुने विश्वास व्यक्त गरे । यस खेलकुद महोत्सवलाई अवदेखि निरन्तरता दिईने उनको भनाई छ ।
बैठकमा दमक नगरपालिकाका प्रमुख थापासहित उपप्रमुख रेगिना भट्टराई प्रसाई,निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञराज निरौला,शिक्षा तथा खेलकुद शाखाका प्रमुख प्रविण खड्का ,दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिमराज केसी ,उपाध्यक्ष ताराप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।