मानवअधिकारको टोली आदिवासी रंगशालामा

दमक,३ बैशाख । राष्ट्रिय मानवअधिकार आयोगको एक टोलीले आज झापाको कमल -५ स्थित आदिवासी रंगशालाका पदाधिकारी तथा सरोकारवालाहरुसंग अन्तरकृया गरेको छ । आयोगका उपसचिव हरि ज्ञवाली,प्रदेश न.१ की प्रमुख नितु गौतम ,अधिकृत किरण बाराम र लाहुर्निप प्रतिनिधि दुर्गामणी याम्फुको उपस्थितिमा अन्तरकृया गरिएको हो । अन्तरकृया पाडाजुंगीस्थित स्मारिका सामुदायिक अंग्रेजी स्कूलमा भएको हो ।
उनीहरुले आदिवासी रंगशाला निर्माणमा देखिएको समस्याको बारेमा सहभागिहरुले आफनो विचार राखेका थिए । अन्तरक्रियामा रंगशालाका पूर्व अध्यक्ष नित्यानन्द ताजपुरिया, रंगशालाका महासचिव दिपेन बाला राई , पूर्व महासचिव धिरेन लाओती, जनजाति महासंघ झापाका पूर्व अध्यक्ष पारसमणी राई ,पत्रकार बिष्णु सुब्बा , ताजपुरिया समुदायका अगुवा चन्द्रप्रसाद ताजपुरिया, महिला नेतृ हरिदेबी राई, प्रेम घिसीङलगायतले आदिवासी रंगशाला निर्माणमा सरकारले चासो नदिए मानवअधिकार टोलीले यस मुद्यालाई अन्तराष्ट्रिय मानवअधिकार निकायसम्म लैजान सरकारलाई दवाव दिनु पर्ने बताएका थिए ।
नामाकरणको विषयलाई लिएर आदिवासी रंगशाला निर्माणको कार्य बेबारिसे बनाएको आरोप लगाउदै उनीहरुले आदिवासी रंगशालाको नाममा नै रंगशाला निर्माण गर्न सरकारले चासो दिनु पर्ने धारणा राखे । सहभागिहरुले आदिवासी रंगशालासंगै आदिवासी जनजातिको संस्कृति तथा पहिचान नामेट गर्न एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिकरण गरेको गुनासो गरेका थिए ।
आयोगका टोलीले सरोकारवालाहरुसंग रंगशाला निर्माणको शुरुवात र त्यसपछिका घटनाक्रममा विषयमा जानकारी लिएको अन्तरकृयामा सहभागि जनजाति महासंघ झापाका पूर्व अध्यक्ष पारषमणि राईले बताए । उनका अनुसार आयोगले आदिवासी रंगशालाको विषयलाई सरकारसम्म पुरयाँउन उद्देश्यले छलफल गरिएको हो ।

Leave a Reply

Your email address will not be published.