विपन्नलाई झुलसहित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दमक,४ बैशाख । दमक -५ स्थित सानो प्रयास युवा समाजले .विपन्नलाई झुल र कापीकलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको छ ।संस्थाले दमक- ९ को मिलन टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई झुलसहित विद्यार्थीहरूलाई कापी , कलम वितरण गरिएको थियो । सो वितरण कार्यक्रमबाट ३० परिवार र २४ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिए ।

झुल र कापीकलम वितरण कार्यक्रममा संस्थाका अध्यक्ष खतिवडा, सचिव वालचन्द्र कार्की, नेपाल तामाङ घेदुङ संघका दमक नगर अध्यक्ष दुर्गा तामाङ, डाक्टर केशर गुरुङ, ओम शान्ति डेन्टलका सञ्चालक कमल गैरे लगायत संस्थाका पदाधिकारी र सदस्यहरुसहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
संस्थाले कोरोनाकालमा समस्यामा परेकाहरुलाई संस्थाले खाना खुवाउने, मास्क र सेनिटाइजर वितरण गर्ने काम गरेको थियो भने दमक बजारमा २० वटा डस्वीन राख्ने र सरसफाई कार्यक्रम गर्ने गरेको अध्यक्ष खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.