
कमल,२ बैशाख । नेपाली कांग्रेस कमल वडा न. ५ मा तरुण र महिला संघ गठन गरिएको छ । आज मंगलवारेस्थित वडा पार्टी कार्यालयमा सम्पन्न भेलाले शुसिल राईको संयोजकत्वमा तरुण दल र तिला खरेल संयोजक रहेको महिला संघको वडा समिति गठन गरिएको हो ।
२७ सदस्यीय गठित तरुण दल वडा समितिको उपसभापतिमा तस्वीर अधिकारी,सचिवमा रोजन आचार्य,सहसचिवमा सागर रसाईली र कोषाध्यक्षमा सुन्दरी सम्बाहाम्फे चुनिएकी छन् ।
यसैगरि, १७ सदस्यीय गठित महिला संघ वडा समितिको उपसभापतिमा हरिमाया श्रेष्ठ,सचिवमा मिरा भण्डारी,सहसचिवमा टिका खत्री र कोषाध्यक्षमा अनिता ठटाल चुनिएकी छन् । यस्तै, रोहिणीदेवी निरौला प्रमुख सल्लाहकार र सजिना राई तथा मन्जु शिवाकोटी –दाहाल सदस्य रहेको महिला संघ वडाको सल्लाहकार समिति समेत गठन गरिएको कांग्रेस वडा सचिव अनुप खड्काले बताए । नवगठित दुवै वडा समितिका संयोजकलाई बैठक पुस्तिकन,झण्डा प्रदान गरिएको थियो ।
कांग्रेस वडा सभापति चन्द्रसिंह राईको सभापतित्वमा भएको भेलामा पार्टीकी जिल्ला सदस्यद्धय सरस्वती सेढाई,शेर वहादुर श्रेष्ठ, कांग्रेस आमन्त्रीत क्षेत्रीय सदस्य बिष्णु सुब्बा, कांग्रेस कमल उपसभापति पदम निरौला,सहसचिव दुर्गा पोख्रेल,टोल समितिका संयोजक तथा पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।