दमक,२ बैशाख । दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थासहित तीन वटा सहकारी संस्था वीच एकीकरण हुने भएका छन् ।राष्ट्रिय बहुमुखी सहकारी संस्थासहित मोरङ पथरीशनिश्चरे -१ को सरोकार कृषि सहकारी संस्था र इलामको चुलाचुली -३ स्थित चुलाचुली कृषि सहकारी संस्था वीच एकीकरण हुने भएको हो ।
राष्ट्रिय बहुमुखी सहकारीले मंगलवार दमकमा तीनवटै सहकारीका सञ्चालक समिति,लेखा समिति पदधिकारी र सदस्यहरुको सहभागितामा सहकारी एकीकरण सम्बन्धी अनुशिक्षण समेत आयोजना गरिएको थियो ।
अनुशिक्षणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका रजिष्टार हरिबहादुर खत्रीले सहकारी एकीकरणका विविधि विषयमाथि चर्चा गरेका थिए । कार्यक्रममा राष्ट्रिय बहुमुखीका अध्यक्ष एलडी राई, सरोकार कृषि सहकारीका अध्यक्ष अर्जुन राई र चुलाचुली कृषि सहकारी संस्थापूर्व अध्यक्ष नरेन्द्र कुमार वान्तवाले सहकारी संस्थावीच एकीकरणको आबश्यकता,सान्र्दभिकता माथि जोड दिएका थिए ।तीनवटै सहकारीवीच एकीकरणको थप प्रकृयाहरु अघि बढाउने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
अनुशिक्षण समापनमा जिल्ला सहकारी संघ झापाका नवनिर्वाचित अध्यक्ष प्रेमकुमार कोइराला लगायतले सहकारीको सेवा गुणस्तर तथा विश्वसनीय बनाउन ,प्रकृति मिल्ने सहकारी संस्थाहरु वीच एकीकरण गरि अघि बढ्नु पर्ने औल्याए ।राष्ट्रिय बहुमुखी सहकारी संस्थाका उपाध्यक्ष कृष्ण गोलेले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेनवाला राईले गरेका थिए।
स्थानीय थकाली किचनमा आयोजित अनुशिक्षणमा तीनवटै सहकारीका सञ्चालक,लेखा समितिको उल्लेखीय उपस्थिति रहेको थियो ।