‘रावस’ संस्थाको भित्तेपात्रो लोकापर्ण

दमक,२ बैशाख । दमक -८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले मंगलवार नयाँ वर्ष -२०८२ को भित्तेपात्रो निकालेको छ । नयाँ वर्षमा बर्षेनी संस्थाले प्रकाशन गरिआएको गतिबिधिमूलक भित्तेपात्रो आज एक कार्यक्रमका बीच लोकापर्ण गरिएको हो ।

भित्तेपात्रोको प्रदेश सहकारी रजिष्टार कार्यालयका रजिष्टार हरिबहादुर खत्री, शाखा अधिकृत कृष्ण न्यौपाने, संस्थाका अध्यक्ष एलडी राई ,उपाध्यक्ष कृष्ण गोले ,सचिव दिपेनवाला राई , कोषाध्यक्ष टंक दुलाल ,लेखा संयोजक सुरेन्द्र निङलेखु लगायतले संयुक्त रुपमा लोकापर्ण गरे ।भित्तेपात्रो कार्यालयमा आएर लैजान सकिने तथा वजार प्रतिनिधिमार्फत शेयर सदस्यहरुसम्म पुरयाँईने संस्थाले जनाएको छ ।

संस्थाको भित्तेपात्रो सञ्चार,सूचना तथा प्रकाशन उपसमितिले प्रकाशन गरेको हो ।

Leave a Reply

Your email address will not be published.