चौँरी हेर्न आए भारत र भुटानका पर्यटक

फिदिम,२ बैशाख । आठौँ चौँरी महोत्सवमा चौँरी हेर्न भारत र भुटानसम्मको पर्यटक आएका छन् । पाँचथरको ३ हजार ४ सय ५० मिटर उचाइमा रहेको चार रातेमा सुरु भएको चौर महोत्सवमा सयौँको सङ्ख्यामा रहेको चौर हेर्नेको भीड लागेको हो ।

यहाँ बर्सेनि नयाँ वर्षको पहिलो दिन सयौँ सङ्ख्यामा चौँरी ल्याएर प्रदर्शनी गर्दै चौँरी महोत्सव आयोजना गरिन्छ । सोही कार्यक्रममा अतिथि बनेर पुग्नु भएका कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सांसद मैयाँ श्रेष्ठ लावती पनि चौँरी भरिएको चार रातेको चौर पुग्दा मक्ख दखिएका छन् । थरीथरीका याक र चौँरी सँगै हरियो फिर्दै गरेको चौर,उत्तरमा देखिने हिमाल र आसपासका गुराँसे बनले आफ्नो मन खुसी भएको उनले बताए ।
मन्त्री र सांसद मात्रै होइन चौँरी महोत्सव हेर्न नेपाल,भारत र भुटान सम्मबाट आएका आन्तरिक र बाह्य पर्यटकहरुले चार रातेका चौँरी र चौरले आ आफ्ना मन पुलकित पारेको सुनाए ।

यहाँ चैत ३१ देखि वैशाख २ गते सम्म आयोजना गरिएको चौँरी महोत्सवमा विशेषतः पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापासँगै छिमेकी मुलुक भारतका सिक्किम, पश्चिम बङ्गाल, पन्जाब हुँदै भुटानसम्मका आन्तरिक र बाह्य पर्यटक आइपुगेका थिए ।
उच्च पहाडामा खुल्ला चौर, एक छिनमा हुस्सुले ढाक्ने,छिनमै घाम लाग्ने,चिसो हावा र थरी थरीका चौँरी, स्वर्गीय आनन्दको अनुभूति ग¥यौं ।’ –पन्जाबबाट आएका प्रभाकर शर्माले भने ।
यो वर्ष त्यहाँ छिन छिनमै मौसम परिवर्तन हुँदै केहिबेर पानी पर्ने,केहिबेर घाम लाग्ने केहिबेर असिना पर्ने त केहिबेर हिउँको छापो झर्ने गरेकाले तीनदिनमा सबै अनुभूति गर्न पाएको उनको टिप्पणी थियो ।

 

Leave a Reply

Your email address will not be published.