किसान महासंघमा पुनः दंगाल

दमक,२ बैशाख । अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।दमक- ४ स्थित दाहाल प्रतिष्ठानमा सम्पन्न महासंघको वन्द सत्रले पुनः डा. प्रेम दंगालको अध्यक्षतामा २०१ सदस्यीय राष्ट्रिय समिति गठन गरेको हो ।
महासंघका ५ उपाध्यक्ष, ७ सचिव, १ महासचिव र २ उपमहासचिव पनि निर्वाचित भएका छन् । उपाध्यक्षमा झापाका बेनुप्रसाद शिवाकोटी ,राजकुमार उप्रेती, सुर्यबहादुर शाही, खड्गबहादुर खड्का र रामशरण आले निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै महासंघको महासचिवमा बाबुराम थापा निर्वाचित भए । सम्मेलनको वन्दसत्रले अध्यक्षको प्रतिवेदनसहित संगठनको विधान समेत पारित पारित गरेको छ । नयाँ कार्यसमितिको पहिलो बैठक यहि १६ गते काठमाडौमा बस्ने निर्णय भएको नवनिर्वाचित उपाध्यक्ष शिवाकोटीले जानकारी दिए ।
अखिल नेपाल किसान महासंघ नेकपा एमालेको जनवर्गीय संगठन हो । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित आदिबासी रंगशालामा सम्मेलनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.