दमक ,२ बैशाख । दमक -१० वडामा यो बर्षायाम अघिनै स्वच्छ खानेपानी सेवा पुरयाँईने भएको छ । दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले हालसम्म खानेपानी नपुगेको दमक १० वडाका बासिन्दालाई लक्षित गरेर खानेपानी पुर्याउन तायारी थालेको हो ।
संस्थाका अध्यक्ष रबि केसीका अनुसार यो बर्षायाम अघि नै दमक १० मा पहिलोपटक स्वच्छ खानेपानी पुग्न लागेको हो । त्यसका लागि संस्थाले पाईपलाईन बिस्तारका लागि ठेक्का आव्हान गरिएको उनले बताए । १० नम्बर वडासम्म करिब १० किलोमिटर लामो पाइपलाईन बिस्तार गरिने उनले बताए ।
उनले पाइपलाइन बिस्तार गरिएसङै उपभोक्ताका घर घरमा धारा जडान गरिने बताए । त्यस छेत्रका बासिन्दालाई पानी वितरण गर्न टयांकी निर्माण गर्ने जस्ता आवश्यक अन्य पूर्वाधार तयार गरिसकेको छ । पानी उपलब्धतामा जोड दिन संस्थाले फिल्टरसहितको बोरिङ जडान गरिने उनको भनाइ छ ।
दमक -१० मा उपभोक्ता आफैले खानेपानीको ब्यबस्था गराउन पहल थालेका थिए । तत्कालीन वडा अध्यक्ष बोधराज न्यौपानेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । न्यौपानेको समितिले जग्गा खोजी देखि प्रारम्भिक कामहरु गरेका थिए । तर सो समितिले थप कार्य अघि बदाउन दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई जिम्मेवारी दिए पछि संस्थाको अगुवाइमा त्यहाँ पानी बिस्तारको योजनाले मूर्त रुप लिएको हो । यो योजनाबाट त्यस वडाका १ हजार बढी उपभोक्ताले स्वच्छ पानी पाउने संस्थाका सदस्य गजु देवानले बताए ।बर्षा अघिनै धारा पुग्ने उनको भनाइ छ ।
दमकका १० वडा मध्ये दमक १० मा अझै स्वच्छ पानी पुग्न सकेको छैन् ।खानेपानीका लागि त्यहाँका बासिन्दाहरु ट्यूवल,इनारको पानी पिउन बाँध्य हुदैआएका थिए । दमकको खानेपानी संस्था मार्फत सघन बसोबास रहेको दमकको ५,६,७,८,१,९ र २ वडामा भेगमा अहिले १४ हजार उपभोक्ताका घरमा पानी पुगिसकेको छ ।
झापाका १५ पालिका मध्ये उपभोक्ता आवद्ध यो संख्या जिल्लाकै ठुलो भएको बताइएको छ । दमकमा दुई उपभोक्ता संस्थाले पानी उपलब्ध गराउदै आएको छ । दमकको उत्तरी भेगको दमक ३ वडासहित ४ वडाका केहि बस्तीमा छुट्टै उपभोक्ता समितिले काम गरिआएको छ ।
दमक १० मा बल्लतल्ल पानी बिस्तारको कार्यले आफुहरुलाई हर्षित बनाएको दमक -१० स्थित सेतुमारी बजार ब्यबस्थापन समितिका उपाध्यक्ष नगेन्द्रमणि न्यौपानेले बताए । लामो समयदेखि शुद्ध खानेपानीको पहुँचबाट नगरबासी भएर बञ्चित हुनुपरेको गुनासो सुनाउदैं उनले अव भने स्वच्छ पानी पाउनेमा आशा पलाएको बताउँछन् ।
दर्जन बढी सार्वजनिक धारा
न्यौपाने नेतृत्वको उपभोक्ता समितिले दमकका अति व्यस्त एक दर्जन स्थानमा सार्वजनिक धारा जडान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले दमकको चौंक,वजार व्यस्त रहने स्थानमा निशुल्क स्वच्छ पानी उपलव्ध गराउन एक दर्जन जति सार्वजनिक धारा जडान गरिएको अध्यक्ष न्यौपाने बताउँछन् । सार्वजनिक धारा जडान पछि ती क्षेत्रका सर्वसाधारणहरुले स्वच्छ पानी उपभोग गर्न पाएको उनको भनाई छ । संस्थाले आवश्यकता अनुसार सार्वजनिक धारा जडान गरि सेवा पुरयाँउने कार्य जारी राख्ने बताएका छन् ।
यसैगरि, धारा जडान शुल्क तथा उपभोग्य महषुल दरमा समेत भारी पूनरावकन गरि उपभोक्तालाई सुविधा दिन संस्था प्रतिवद्ध भएको न्यौपानेको भनाई छ ।