दमकमा जीवनचक्र समाजको शुभकामना कार्यक्रम

दमक,१ बैशाख । सडक दुर्घटना न्यूनीकरण तथा रक्तदान सम्बन्धी सामाजिक सचेतना दिदैआएको जीवन चक्र समाज नेपालले नयाँ बर्ष २०७९को उपलक्ष्यमा हिजो बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
संगम स्वीट्सको सभाहलमा भएको शुभकामना कार्यक्रममा इलाका प्रशासन कार्यालय दमकका प्रमुख उमेश पाण्डे , इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलीप कुमार गिरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा संस्थाले दमक प्रहरी प्रमुख भर्खरै जिम्मेवारी सम्हाल्न आएका डिएसपी गिरीलाई स्वागत गरेको थियो ।
त्यसैगरि संस्थाले लामो समय सम्म सवारी चलाई कुनै पनि दुर्घटना नगरि आफनो पेशाप्रति मेहनेती चालक कृष्ण प्रसाद तामाङलाई सम्मान गरिएको थियो।कार्यक्रममा होटल व्यवसायी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष राजन दंगाल ,दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई ,दमक बहुमुखी क्याम्पसका उप प्राध्यापक बासुदेव काफ्ले ,इलाका ट्राफिक प्रहरी दमकका प्रमुख सुन्दर श्याम पोख्रेल ,दमक जेसीजका पूर्व अध्यक्ष चन्द्र खत्री ,डाक्टर लेखनाथ न्यौपाने,क्लब हिमालयनका उपाध्यक्ष जय बिमली,स्वतन्त्र मजदुर संगठनका सचिव रङुनाथ सिग्देल ,पहिलो पाइलाका सचिव दिवस खतिवडा ,निम्स अस्पताल संचालक गणेश प्रधान ,हेप्पी नेपालका महासचिव सुरेन्द्र कुमार श्रेष्ठ ,लगायत समाजका पदाधिकारीको उपस्थितिमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष जिपी गौतमले बताए । कार्यक्रममा संस्थाका सदस्य यज्ञ प्रसाद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.