मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु तीन घाईते

दमक, २ बैशाख । झापाको कमल र गौरीगञ्जमा नयाँ बर्ष २०८१ को पहिलो दिन शनिवार दुई छुट्टाछुट्टै भएका सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु हुनका साथै तीन जना घाईते भएका छन् ।
राती करिब साढे ११ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका वडा नं ३ सानो केर्खामा दमकबाट विर्तामोडतर्फ जादै गरेको बा ६४ प १४०० नम्बरको १५० सीसिको मोटरसाईकल आफै अनियन्त्रित भएर कल्भर्टमा ठोक्किदा मोटरसाईकल चालक झापा,अर्जुनधारा नगरपालिका वडा नं ४ का २७ बर्षिय पिरती भन्ने विष्णु लिम्बूको मृत्यु भएको हो ।
दुर्घटनामा गंभीर घाईते लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुरयाउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल पछाडी बस्ने अर्जुनधाराकै जीवन नेपालका छोरा १५ बर्षिय बिपल नेपाल घाईते भएका छन् ।
त्यसैगरी गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ गौरीयापुलमा गौरीगञ्ज बजारबाट खजुरगाछीतर्फ जादै गरेको बीआर ३७ डी ७०२० नम्बरको मोटरसाईकल आफैं अनियन्त्रीत भई दुर्घटना हुदाँ त्यसमा सवार भारत अररिया जिल्ला थानासिक्टि पंचायत कुशहा बैरीयाका २३ बर्षिय गोपाल महतो र पछाडी सवार झापा गौरादह नगरपालिका ८ पानीटंकीका ४५ बर्षिय वृहस्पति महतो घाइते भएका र उनीहरुको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.