दमक,१ बैशाख । आइटीएफ तेक्वान्दो संघ झापाले आज नयाँ वर्ष -२०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदानसहित खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
शुक्रवार दमक उद्योग वाणिज्य संघको सभाहलमा औपचारिक रुपमा कार्यक्रम गरि शुभकामना आदानप्रदानसहित विभिन्न खेलकुदका अग्रजहरुलाई सम्मान र आइटीएफ तेक्वान्दो संघ झापामार्फत जिल्ला ,प्रदेश तथा राष्ट्रिय स्तरमा पदक पाउने खेलाडीहरुलाई मेडल ,प्रमाणपत्र प्रदान गरिएको सचिव पारष आचार्यले बताए ।
आइटीएफ तेक्वान्दो संघ झापाका अध्यक्ष नबिन तामाङ्गको अध्यक्षता तथा दमक ७ का वडाअध्यक्ष भिम पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न खेलकुदका विद्यामा विशिष्ट योगदान पुरयाँएको भन्दै भलिवल खेलतर्फ शैलेन्द्र श्रेष्ठ, व्याडमिन्टनतर्फ अम्बर धिमाल, करातेतर्फ भिमराज चम्लागाई ,क्रिकेटतर्फ सञ्जीव उपाध्याय, बक्सिङतर्फ दिपक राई, तेक्वान्दोतर्फ कर्म लामा र पत्रकारितातर्फ बिष्णु सुब्बालाई सम्मान गरिएको थियो ।
त्यसैगरि, आइटीएफ तेक्वान्दोबाट जिल्ला ,प्रदेश तथा राष्ट्रिय स्तरमा पदक प्राप्त गर्ने सय बढी खेलाडीहरुलाई समेत मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, आईटीएफ तेक्वान्दो संघको आजीवन सदस्य लिएकाहरुलाई प्रमाणपत्र र परिचयपत्र समेत प्रदान गरिएको थियो । यसैगरि, आईटीएफ तेक्वान्दो खेलमा निर्णायक प्रशिक्षकहरुलाई समेत प्रमाणपत्र गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष पौडेल ,संघका निवर्तमान अध्यक्ष बबरजंग थापा (किरण),सामाजिक व्यक्तित्व रवि केसी लगायतले सम्मानपत्र,पुरस्कार तथा मेडलहरु प्रदान गरेका थिए ।
सो कार्यक्रमका बीच खेलाडीहरुवीच नयाँ वर्षको एकापसमा शुभकामना आदानप्रदान गरिएको सदस्य संगम राईले बताए ।कार्यक्रममा संघका पदाधिकारी,सदस्यहरु,खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।