कमलमा खुल्ला एकल सांस्कृतिक नृत्य प्रतियोगिता

कमल ,२ बैशाख । नयाँ वर्ष २०८१ को अवसर पारेर झापाको कमल गाउँपालिका- ७ गेउरियामा खुल्ला एकल सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।सामाजिक कार्यमा सक्रिय स्थानीय सृजनशील युवा क्लबको आयोजनामा शनिवार भएको खुल्ला एकल सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी १५ जना प्रतिस्पर्धीलाई पाखा लगाउदै राजेश बस्नेत प्रथम भए । उपाधिसंगै उनले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा रञ्जिता लिम्बू दोश्रो भईन् । उनले नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।त्यस्तै, प्रतियोगितामा तृतीय स्थान कृष्ण धिमाल र सुष्मा धमला भए । उनीहरुले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने विशेष चौधरी र शुभम सिंहले सान्तवना प्राप्त गर्न सफल भएको क्लबका सचिव विक्रम निरौलाले जानकारी दिए ।
क्लबका अध्यक्ष निसान लामिछानेको अध्यक्षता तथा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कमल गाउँपालिका ७ नम्बर वडाअध्यक्ष पृथ्विपति राई,साना किसान कृषि सहकारी संस्थाकी संस्थापक अध्यक्ष हरिमाया मैनाली, समाजसेवी भीम केरुङ् नृत्यकला संघ मोरङ्गका अध्यक्ष सुनिल थापा लगायतले क्लबले समाज रूपान्तरणमा पुरयाँउदै आएको योगदानको प्रशंसा गरेका थिए ।
प्रतियोगितामा नृत्यकला संघ इलामका अध्यक्ष रोमित कर्माचार्य र मोरङ्गका अध्यक्ष सुनिल थापा निर्णायक मण्डल रहेका थिए ।

Leave a Reply

Your email address will not be published.