दमक,१ बैशाख । साहित्य चौतारी झापाले दमकका साहित्यकार विन्दु दाहाल (मुकदर्शक सहित पाँच जनालाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । बिर्तामोडको होटल हिकोला हेरिटेजमा रहेको सस्थाको आफ्नै कार्यलयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सम्मानित हुनेहरुमा बराह सुनसरीका प्राज्ञ जीवनाथ पोख्रेल, मेचीनगरका शिरो सान्दाई, भद्रपुरका बिरही अधिकारी , दमकका बिन्दु दहाल,अर्जुनधाराकी कमला नेम्बाङ रहेका छन् । सम्मानित हुनेलाई प्रमुख अतिथि प्रा.डा. गंगा प्रसाद अधिकारीले सम्मानपत्र ,मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा साहित्य चौतारी झापाका पदाधिकारीहरु,सल्लाहाकारहरु लगायत सहित्यकारहरु राजेन्द्र सङ्ग्रौला,खगेन्द्रप्रसाद दाहाल,ईलामे जेठो,विष्णु न्यौपाने,यादवप्रसाद अधिकारी (झाक्रिखोलेू )ओमप्रसाद खनाल,बिरेन्द्र खडका लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका महासचिव भानुभक्त कुभिण्डेलीले गरेका थिए । साहित्य चौतारी देवीभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठले स्थापना गरेको एउटा साहित्यक संस्था हो ।