दमकमा लिखत पारित सतबार्षिकी कार्यक्रम

दमक,३० चैत । लिखत पारित सतबार्षिकीका अवसर पारेर दमकस्थित मालपोत कार्यालयले आज यहाँ एक कार्यक्रम गरेको छ । इलाका प्रशासन कार्यालय दमकका प्रमुख उमेश पाण्डेको प्रमुख आतिथ्यता तथा मालपोत कार्यालय दमकका प्रमुख हिमालय बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागिहरुले लिखत पारित भएको सतबार्षिकीको शुभकामना राख्दै अझ सेवा सहज बनाउन औल्याए ।

लिखत पारित सतबार्षिकी उद्घाटनका कार्यक्रममा नापी कार्यालय दमकका प्रमुख नापी अधिकृत सुनिल आनन्द, नेपाल लेखापढी कानुन व्यवसायी संघ दमकका अध्यक्ष तारा बहादुर खड्का लगायतले लिखत पारितका सन्दर्भमा आफनो विचार राखेका मालपोत कार्यालयका कर्मचारी मेदनी पाख्रेलले बताए ।
आजदेखि तीनदिन सम्म देशैभरि मालपोत कार्यालयले लिखत पारितको सतबार्षिकीमा विभिन्न कार्यक्रम गरि मनाउदैआएको मालपोत कार्यालय दमकका प्रमुख बरालले जानकारी दिए । दमकमा बार्षिक करिव ३० हजार लिखत हुदैआएको छ ।
उनका अनुसार सन् १९७९ बैशाख १ गतेदेखि नेपालमा लिखत पारित शुरु भएको मानिन्छ । त्यसै दिनलाई सम्झिएर मालपोत कार्यालयले विभिन्न कार्यक्रम गरि मनाउदैआएको छ ।

Leave a Reply

Your email address will not be published.