जसपा कमलको अध्यक्षमा प्रभुराज चयन

कमल,३१ चैत । जनता समाजवादी पार्टी कमल गाँउ समितिको नयाँ नेतृत्व चयन भएको छ । कमल -५ स्थित नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको सभाहलमा आइतवार सम्पन्न रुपान्तरण भेलाले प्रभुराज थुलुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको तीन उपाध्यक्षमा देउ प्रकाश राई, नामहाङ राई र पदम कार्की डोली, सचिवमा विक्रम किस्कु, उपसचिवमा सन्जित लावती र कोषाध्यक्षमा धनकुमारी कुलुङ राई चयन भएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री अशोक राईको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय उपाध्यक्षद्धय शुशिला श्रेष्ठ र केन्द्रीय उपाध्यक्ष परर्शुराम बस्नेतको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्ण उदास, पहिचानवादी नेता नित्यानन्द ताजपुरिया, संघिय परिषद सदस्य दिपेन बाला राई, जिल्ला अध्यक्ष समर राई उपाध्यक्षहरु सन्तोष गणेश, ज्ञानेन्द्र कुरुम्बङ, सचिव रोम घिमिरे, उपसचिव लक्ष्मी सुब्बा लयायतको उपस्थिति रहेको थियो ।रुपान्तरण कार्यक्रम जसपा कमल गाँउ समितिका अध्यक्ष प्रेम कुलुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.