प्रम ओलीद्धारा गौरादह नगर अस्पतालको शिलान्यास

गौरादह,३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिकामा आज नगर अस्पतालको शिलान्यास गरेका छन् ।गौरादह -१ स्थित चैतु चौंकमा निर्माण गरिने अस्पतालको एक कार्यक्रमका बीच प्रम ओलीले शिलान्यास गरे ।

झापा क्षेत्र न. ५ का प्रतिनिधि सभा सदस्य समेत रहेका ओलीले गौरादह नगर अस्पताललाई विस्तारै स्तरन्ति गरि सुविधासम्पन्न बनाउन लाग्नुपर्ने जोड दिए ।नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले सवै नागरिकले आफनै गाउँघरमा गुणस्तरिय स्वास्थ्य सेवा पुरयाँउन स्थानीय तहले अस्पताल सञ्चालन गरेर स्वास्थ्य सेवामा निकै फड्को मारेको उल्लेख गरे ।

उनले गौरादह नगरमा निर्माण हुने यस अस्पताल समयमै सम्पन्न गराउन प्रदेश तथा संघीय सरकारले सहयोग पुरयाँउने प्रतिवद्धता जनाए ।
सरकारले रोकिएका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको भन्दै प्रम ओलीले वर्तमान सरकारले देशलाई शसुसान दिदै रोकिएका सडक योजना तथा पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर काममा जोड दिदैआएको उल्लेख गरे ।

शिलान्यास कार्यक्रम प्रम ओलीले अस्पतालको भवन बनाउन जग्गाप्रदान गर्ने नारायण घिमिरेसहितका दाताहरुलाई सम्मान प्रदान गरेका थिए । अस्पताल निर्माण गर्न दाताहरुले संयुक्त रुपमा ३२ कठ्ठा जमीन उपलव्ध गराएका थिए ।शिलान्यास गरिएको गौरादह नगर अस्पताल १५ शैयाको हुने र २०८३ माघमा सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।
कुल रु १२ करोड ५९ लाख ७९ हजारको लागतमा अस्पतालको भवन निर्माण हुने नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिए ।शिलान्यास समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.