दमकमा जागरणसभा सफल भएको छ : नेता राई

दमक ,३१ चैत । नेकपा एमालेले शनिवार झापाको दमकमा सम्पन्न प्रदेशस्तरिय जागरणसभा सफल भएको दावी गरेको छ ।प्रेस चौतारी झापाले आज दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले दमकमा भएको जनजागरण सभा ऐतिहासिक रुपमा सफल भएको बताए । जनसभामा सहभागिता उल्लेखीय रहेको भन्दैं उनले कार्यक्रम सफल बनाउन सहयोग पुरयाँउने नेता,कार्यकर्ताहरु, शुभेच्छुकहरुलाई धन्यवाद दिए ।दमकको पशुहाटमा भएको सभालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

लोकतान्त्रिक गणतन्त्र बिरोधी हर्कत गर्नेहरुलाई सभा मार्पmत नेपाली जनताले सचेतना गराएको भन्दै उनले लोकतन्त्रका उपलव्धि रक्षाका लागि जनसभाले आम जनतामा उत्साह आएको बताए । जनताको शासन व्यवस्थाबाट प्राप्त उपलिव्ध,अधिकार र परिवर्तनका विरुद्ध भईरहेका अराजक, अलोकतान्त्रिक गतिविधिमा खबरदारी मात्र नभएर जनतालाई सचेत गराउन जनसभा सफल भएको उनको भनाई थियो ।

उनका अनुसार विशेष गरी झापा, मोरङ, सुनसरी, उदयपुर र ईलामलाई केन्द्रीत गरि जनसभा कार्यक्रम गरिएको भएपनि कोशी प्रदेशका १४ वटै जिल्लाबाट उत्साहजनक रुपमा सहभागिता भएको थियो ।उनले भने,‘ दमकमा भएको यो जागरण सभामा आयोजकलाई जनता सहभागिता गराउन गाडी खोज्ने,पैसा जुटाउने कार्य गर्नुपरेन । जनता आफैले खर्च जोहो गरेर सभामा आउनुभयो । सायद ,यस किसिमको व्यवस्थापन यो पहिलो हो ।’

यसअघिका कार्यक्रम तथा आन्दोलनहरुमा जनताको सहभागिताका लागी सवारी साधन लगायतको ब्यवस्था हुने गरेको भए पनि दमकमा सम्पन्न जागरणसभा सफल बनाउन पहिलो पटक नागरिकहरु आपैंmले खर्च व्यवस्थापन गरेर उल्लेखीय सहभागि भएको उनको भनाई थियो ।त्यस अवसरमा जनसभा सफल बनाउन गठित स्टेरिङ कमिटीका संयोजक समेत रहेका नेता राईले जनजगारण सभाको खर्च विवरण सार्वजनिक गरे ।
पार्टी कार्यकर्ता,शुभेच्छुकहरुबाट रु १३ लाख ४० हजार संकलन भएकोमा सभाका लागि कार्यक्रमस्थल सजावट, साउण्ड सिस्टम, पोष्टर तथा ब्यानर र स्वयंसेवक परिचालनमा गरि कुल रु १२ लाख ६५ हजार खर्च भएको उनले जानकारी दिए । सभाको सम्पूर्ण खर्च कटाएर रु ७५ हजार बचत भएको समेत उनले सुनाए ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय कमिटी सदस्यहरु इन्द्र भण्डारी, दिपक कार्की,गोविन्द थापा, मेनुका काफ्ले, हरि रावंशी, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा ,प्रदेश कमिटीका सचिवालय सदस्य होमबहादुर थापा लगायतका नेता,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.