तिवारीको स्मृतिमा विद्यालयमा दानपेटिका हस्तान्तरण

दमक,३० चैत । झापाको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारीले गाउँपालिकाका विद्यालयमा दानपेटिका हस्तान्तरण गरेकी छिन् । दिवंगत श्रीमान् धनप्रसाद तिवारीको नवौ स्मृतिमा उनले कमलका सबै सामुदायिक विद्यालयमा सो दानपेटिका राखिदिएकी हुन् ।
विपन्न विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउनका लागि उनले प्रति विद्यालय पाँच सयका दरले पेटिकामा सहयोग समेत गरेकी छिन् । विपन्न विद्यार्थीलाई अध्ययन सहित शैक्षिक सामाग्री त्यहीँ पेटिकामा जम्मा भएको सहयोग रकमले खर्च गर्न सकिने छ । नरेन्द्र जनता माध्यमिक विद्यालयका सहायक प्रधनाध्यापक निर्मल गड्तौलाले जन्मदिन सहितका अवसरमा विद्यार्थीले पेटिका सहयोग गर्न सकिने बताए । पालिकाका २१ वटै सामुदायिक विद्यालयमा सहयोग पेटिका राखिएको छ ।
यस्तै गाउँपालिकाको सामाजिक शाखामा महिलामा समेत विपन्नका लागि सहयोग पेटिका राखिने छ । पेटिका हस्तान्तरण कार्यक्रममा स्वर्गीय तिवारीका भाई गोविन्दले धनप्रसादको जीवनीबारे चर्चा गरेका थिए । कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, वडा अध्यक्षहरु सहभागि थिए ।

Leave a Reply

Your email address will not be published.