पान्थर,३० चैत । लिम्बू आङदेम्बेहरुको प्रतिनिधिमूलक सामाजिक संस्था पापोहाङ आङदेम्बे ताङसेप सङ्जुम्भोको केन्द्रीय अध्यक्षमा टिकाध्वोज आङदेम्बे चुनिएका छन् ।
पान्थरको अम्लाबुङमा चैत २७ र २८ मा सम्पन्न सङ्जुम्भोको दोश्रो केन्द्रीय साधारणसभाले निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद आङदेम्बे तीन उपाध्यक्षमा बल बहादुर आङ्देम्बे , एबिराज आङ्देम्बे ,शर्मिला आङ्देम्बे , महासचिवमा पकन्दी आङदेम्बे ,तीन सचिवमा क्रमशः महेन्द्र कुमार आङ्देम्बे , बिजयहाङ आङ्देम्बे ,इन्द्र प्रसाद आङ्देम्बे र कोषाध्यक्षमा आशा आङ्देम्बे निर्वाचित भएका छन् ।
यसैगरि, सङ्जुम्भोको निर्वाचित केन्द्रीय सदस्यहरुमा टीका थाम्सुहाङ आङ्देम्बे,चन्द्रराज आङदेम्बे, डम्बर आङदेम्बे , दिलकुमारी आङ्देम्बे , कमलकुमारी आङदेम्बे,भगेन्द्रकुमार आङ्देम्बे , रनमाया आङदेम्बे ,शान्ता आङ्देम्बे , धनेन्द्र आङ्देम्बे ,टीकाराज आङ्देम्बे, तुलसी आङदेम्बे ,कुलबहादुर आङ्देम्बे , मनिराज आङ्देम्बे , तेजु आङ्देम्बे , पदमा कुमारी (फुलमाया) आङ्देम्बे,ओम माया आङ्देम्बे ,सन्तबिर आङदेम्बे र चन्द्रराज आङदेम्ब निर्विरोध निर्वाचित भएका छन् ।
सोहि अवसरमा नवनिर्वाचित समितिलाई सपथग्रहणसहित निर्वाचित प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।