मानसरोवरको १५ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

दमक,३० चैत । दमक– ४ स्थित मानसरोवर ईन्ष्टिच्युट अफ हेल्थ एण्ड टेक्नोलोजी– मिष्ट कलेजले बिहिबार १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । कलेज सञ्चालक समिति अध्यक्ष रन्जू भण्डारीको अध्यक्षतामा तथा प्रदेशसभा सदस्य नम्बरलाल धिमालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाका प्रमुख संरक्षक डा. गोपाल भण्डारी, सदस्यहरु लक्ष्मी पौडेल, उत्तमलाल पण्डित, स्वास्थ्यकर्मी वालचन्द्र सुव्वा लगायत शैक्षिक तथा सामाजिक अगुवा,शिक्षक ,विद्यार्थीहरुको कार्यक्रममा आतिथ्यता रहेको थियो ।
कलेजले हेल्थ असिस्टेन्ट र डिप्लोमा फार्मेसी विषयको अध्यापन गराउँदै आएको कलेजका प्राविधिक निर्देशक प्रणव भण्डारीले जानकारी दिए । कलेजमा देशका विभिन्न भागबाट आउने विद्यार्थीहरु अध्ययनरत रहेको उनले जनाए । दुवै विषयमा ४०÷४० विद्यार्थीलाई अध्ययन गराईने गरेको कलेजकी लेखा प्रमुख अनिता खत्रीले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published.