
दमक,३० चैत । दमकमा सुविधासम्पन्न महिलाहरुलाई लक्षित गरि सैलुन सञ्चालनमा आएको छ । दमक -६ स्थित नमुमा मार्गमा स्थानीय अस्मिता ओली श्रेष्ठले डि–गल्र्स सैलुन सञ्चालनमा ल्याएकी हुन् । उक्त सैलुनको गत २७ चैतमा दमक उद्योग वाणिज्य संघकी प्रथम महिला अनुपमा तुलाधार श्रेष्ठले उद्घाटन गरिन् ।
सञ्चालिका ओली श्रृङगार सम्बन्धी मार्टस हुन् । दमकमा बिषयगत अध्ययन गरेर सैलुन चलाउने उनी नै पहिलो हुन् । सञ्चालिका ओलीका अनुसार आफनो ठाउँमा स्वरोजगार बन्न तथा सुविधासम्पन्न सैलुन खाँचो भईरहेका अवस्थामा त्यसलाई थोरै भएपनि आवश्यकता पूरा गर्न पनि यस सैलुन सञ्चालनमा ल्याइएको हो । सैलुनमा उनले करिव ४० लाख लगानी गरेकी छन् । सैलुनमा महिलाका व्यूटिपार्लर ,कपालसम्बन्धी सबै किसिमका ब्राण्डेड समानहरु समेत सुपथ मूल्यमा उपलव्ध गराउने उनले बताईन् । सैलुनमा उनी बाहेक थप तीन जना अनुभव सम्हालेकी व्यूटिसियनले काम गरिआएका छन् ।
सञ्चालिका ओलीले महिलाका श्रृङगारसहित कपाल सम्बन्धी सेवा सवै किसिमको गुणस्तरिय सेवा दिन पनि यस सैलुन प्रतिवद्ध भएको वताईन् । उद्घाटनका अवसरमा सैलुनमा आउने ग्राहकहरुलाई लक्षित गरि आर्कषक छुटसहितको सुविधा समेत उपलव्ध रहेको उनले बताईन् ।