दमकमा स्थानीय तहको निर्वाचन र दलहरुको उपस्थिति

एमाले : प्रजातन्त्र प्राप्तिपछि हालसम्म दमक नगरपालिकामा एकाधिकार नै जमाएको पार्टी हो । एमालेबाहेक चुनावी प्रकृयाबाट मेयर उपमेयर अहिले सम्म अरु कुनै पार्टीले जित्न सकेको छैनन्।पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो मुख्य गढ पनि यही भएकाले अरु कुनै पार्टीसँग गठबन्धन गरे पनि मेयर पदमा भने सम्झौता गर्दैन मेरो बुझाईमा ।मेयर अर्को कुनै पार्टीलाई दिनु भनेको समग्र एमाले मात्र नभएर ओली आँफै पनि आफ्नो क्षेत्रमा कमजोर रहेछन भन्ने सन्देश जाने भएकोले त्यो रिस्क उनीहरुले लिन चाहन्नन ।
राप्रपासँग गठबन्धन भएमा उपमेयर र केही वडाहरु दिन सक्ने उनीहरुको भित्री बुझाई छ । अरु मुख्य पार्टीहरुसँग गठबन्धन हुने स्थिति छैन । मुख्य उम्मेदवारहरु मेयरमा गीता अधिकारी, अम्बिका खनाल ,होमबहादुर थापा र ईन्द्र भण्डारी रहेका छन् । पार्टी राजनीतिमा खनाल ,थापा अगाडि र भण्डारीको केन्द्रमा संपर्क सम्बन्ध राम्रो रहे पनि भण्डारीले उपमेयरमा पनि दाबी गर्नसक्छन् । लोकप्रिय र चुनाव जित्ने उम्मेदवारको रुपमा गीता अधिकारिको नाम नै अगाडि आउछ ।

कांग्रेस :दमकमा कांग्रेसमा आस्थावन मतदाताहरु धेरै छन् । तर सङठन कमजोर भएको कारण मेयर पदमा अरु पार्टीको उम्मेदवारहरुलाई भोट हालिदिने गरेको कारण जहिले पनि तेश्रो चौथो स्थानमा पुग्छ । बिगत देखि केलाउदा राप्रपा र माओवादीहरुलाई पनि राम्रो सँग थाहा छ नेपाली कांग्रेस ,एमाले पछिको बलियो शक्ती हो भनेर । गत निर्बाचनमा काङ्रेसबाट उपमेयरमा उम्मेदवार दिएकी रेगिना भट्टराईको मतलाई उदाहरण लिदा पनि हुन्छ ।यदि घात अन्तर्घात नहुने हो र सङठित कांग्रेस हरुले प्रतिबद्द भएर मत हाल्ने हो भने काङ्रेस एक्लै दोश्रो शक्तिनै हो । सुरेश सुब्बा ,शेरबहादुर भट्टराई ,प्रकाश प्रसाईं ,रोशन गौतम , रेगिना भट्टराई ,पर्शुराम रिजाल ,देबी दाहाल , भूमिराज राई ,रोशन बिष्टहरु नै देखिएका अनुहारहरु हुन । काङ्रेस अहिले गठबन्धनभित्रको प्रमुख शक्ती भएको कारण र गठबन्धनका अरु दलहरु सहित चुनावमा उम्मेदवारी दिनुपर्ने बाध्यताले कस्ले मेयर उपमेयर लिने दिने भन्ने कुराको टुङो अली पछि होला । एमाले टुक्रिएको कारण र गठबन्धन पार्टीहरु सरकारमा पनि भएको र यि सबै एक जुट हुँदा नगरपालिकामा आफुहरुको जित हुने कुराहरुमा उनीहरु पनि ढुक्क देखिन्छन ।
राप्रपा : नगरपालिकाको चुनावमा प्राप्त मतलाई आधार मान्दा दोश्रो शक्तिको रुपमा देखिने राप्रपा दमक नगरपालिकामा पार्टी भन्दा पनि त्यो पार्टीको नेता राम थापा प्रभावशाली देखिदै आएका छन ,उनले मनोनित मेयर भएर पनि जिम्मेवारी सम्हालेका थिए । ।लामो समय देखी राजनीति गर्दै आएका उनीलाई दमकेलीहरुले पार्टी लाइन भन्दा माथि उठेर भोट हालिदिने गरेका कारण राप्रपा दोश्रो शक्ति नै हो कि जस्तो पनि लाग्छ ।राप्रपा र कांग्रेससको मात्र गठबन्धनबाट पनि नगरपालिकामा एमाले निश्चितरुपले पराजित हुन्थ्यो तर स्थिति त्यस्तो छैन् ।केन्द्रीय गठबन्धनले स्थानीय निकायहरुमा अन्य पार्टीसँग गठबन्धन नगर्ने निर्णय लिएको हुँदा राप्रपा कांग्रेसको गठबन्धन हुने कुरा लगभग सुन्य अवस्थामा छ । यदी एमाले र राप्रपाको गठबन्धन हुने हो भने स्थिति ठ्याकै काङ्रेस राप्रपाको जस्तै हुनेछ । अधिकाँश पदमा यी दुई गठबन्धनले जित्ने सम्भावना छ । एमालेले मेयरमा राम थापालाई दिने स्थिती छैन राम थापाले उपमेयर स्विकार गर्ने स्थिती छैन् । एउटा कुरा हुनसक्छ । यदि राम थापाले आगामी दिनमा प्रदेश वा केन्द्रमा जाने इच्छा ब्यक्त गरे र एमालेले त्यो कुरामा उनलाई पछि जिताउने सम्झौता गरेर भिम पौडेललाई उपमेयर बनाएर एमालेसँग गठबन्धन गरे कांग्रेस ,माओवादी एसमाजबादीलाई फलामको चिउरा साबित हुनसक्छ ।
माओवादी : हिजो नेकपाको रुपमा एमाले माओवादी एक भए पनि दमकको हकमा कहिले पनि भित्र मनबाट एकै भएका थिएनन । झलक्क हेर्दा माओवादीको मत सभ्रान्त बर्गमा न्युन देखिए जस्तो भए पनि स्थानीय गरीब निमुखा र निम्न आय स्तर भएका मतदाताहरुमा राम्रो पकड छ । एक्लै चुनावमा जादा स्थिति बलियो नभए पनि गठबन्धनबाट चुनावमा होमिदा माओवादी पार्टीले उलटफेर गर्न सक्छ । गगन पुरी ,दुर्गा चौलागाईं ,शंकर बस्नेत ,बिरेन्द्र बस्नेत ,बेदु गौतमहरु माओवादीबाट देखिएका अनुहारहरु हुन ।
एकीकृत समाजबादी ( एमालेबाट टुक्रिएर बनेको अर्को पार्टीको दमकमा केही प्रभाव पार्ने ब्यक्तीहरु पनि छन । पूर्व मेयर ईन्द्र बुढाथोकी ,मणी भण्डारी लगायतका नेताहरुले मेयर उपमेयरहरुमा आफ्नो दावी नगरे पनि वडाहरुमा आफ्नो पार्टीको हिस्सा पक्का खोज्ने छन । एमालेलाई जित्ने अवस्था नभए पनि चुनावमा मतहरु काटिने र कमजोर बनाउने कुरामा शंका छैन । जे भए पनि लामो समय देखी दमकमा आफ्नो पकड जमाउदै आएको एमालेलाई भने यो चोटि त्यती सहज र सरल छैन । त्यस्तै नगरपालिकामा गत चुनावमा नराम्रोसँग पराजित कांग्रेस चाँही गठबन्धनको सहराबाट लाल किल्ला भत्काउने उदेश्यमा केन्द्रित छ । दमक ( हाल : अमेरिका )

Leave a Reply

Your email address will not be published.